प्रमोद र मलिका अभिनित नाटक ‘पगला घोडा’को टिजर रिलिज

प्रमोद र मलिका अभिनित नाटक ‘पगला घोडा’को टिजर रिलिज

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मण्डला नाटक घरमा पुस १२ गतेबाट मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट नाटकको टिजर सार्वजनिक भएको हो । टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो ।

थिएटर आकारको प्रस्तुति रहेको यो नाटक माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो ।

नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका थिए । नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् ।

नाटकको मञ्चमा कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ ।