चस्मा र जुँगामा गम्भिर दयाहाङ, यस्तो छ ‘डिग्री माइला’को फर्स्टलुक

चस्मा र जुँगामा गम्भिर दयाहाङ, यस्तो छ ‘डिग्री माइला’को फर्स्टलुक

सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

द सिनेमा टाइम्स
448
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को फर्स्टलुक पोस्टर रिलिज भएको छ ।

सार्वजनिक पोस्टरमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ । पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ । उनले चश्मासमेत लगाएका छन् । योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।

सोही नाटकलाई सिनेमाका रुपमा पर्दामा प्रस्तुत गर्न लागेको बताइन्छ । सिनेमाले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ । बाँसुरी फिल्मस्ले सिनेमा निर्माणका लागि सुस्मा फिल्मस्सँग सहकार्य गरेको छ ।

सिनेमामा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । सिनेमा आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।