‘पर्खी बसें तिमीलाई’को प्रचारको लागि आफुले पढेको स्कुल पुगिन रक्षा

‘पर्खी बसें तिमीलाई’को प्रचारको लागि आफुले पढेको स्कुल पुगिन रक्षा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘पर्खी बसें तिमीलाई’ अभिनेत्री रक्षा बुढाथोकीलाई काठमाडौंको नैकापस्थित उनले अध्यन गरेको ब्राइट फ्युचर स्कुलमा स्वागत गरिएको छ । आगामी पुस २७ गते प्रदर्शनमा आउने सिनेमाकी अभिनेत्री बुढाथोकीसँगै अभिनेता किरण श्रेष्ठ, निर्देशक दीपक श्रेष्ठ र निर्माता राजाराम बुढाथोकीलाई स्कुल परिवारले स्वागत गर्दै सिनेमा सफलताको शुभकामना दिएको छ ।

स्कुलका प्रधानाध्यापक मोहन कार्कीले अभिनेत्री बुढाथोकीको बाल्यकाललाई स्मरण गर्दै उनको प्रतिभाको तारिफ गरे । उनले भने, ‘उनले रक्षा बाल्यकालदेखि नै नृत्य गर्थिन् । उनमा कलाकारिताको स्वभाव देखिएको थियो । अहिले उनको सिनेमा प्रदर्शनको तयारीमा छ । त्यसैले हामीले उनीसहित टिमलाई बोलाएर शुभकामना दिएका हौं ।’

स्कुल जीवन सकाएपछि पुनः त्यहाँ पुगेर आफ्नो कलाकारिताको यात्रामा हौसला पाउँदा खुसी लागेको अभिनेत्री बुढाथोकीले बताइन । ‘यहाँ आएपछि मैले पुराना समय स्मरण गरें । किनकि कलाकारिताको प्रारम्भ यहिँबाट भएको थियो । आज यहिँबाट शुभकामना र आशिर्वाद पाउँदा खुशी लागेको छ ।’

रक्षासँगै स्कुल पुगेका अभिनेता किरण श्रेष्ठले सिनेमाको चर्चित गीत ‘कालो चस्मा’मा नृत्य गरेका थिए । ‘हाम्रो सिनेमामा प्रेम कथासँगै सामाजिक विषय पनि समेटिएको छ । त्यसैले यो स-परिवार सबैले हेर्न पाउनु हुनेछ’, अभिनेता श्रेष्ठले भने ।

निर्देशक श्रेष्ठले यो पर्खिरहेको व्यक्तिको कथा रहेको बताए । ‘हामीले एउटा सुन्दर कथा लिएर आएका छौं । यसले सबै वर्गको दर्शकलाई आकर्षित गर्छ भन्नेमा विश्वस्त छौं’, निर्देशक श्रेष्ठले भने ।

सिनेमा अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसें’ झैँ यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी दिए । उनेल २७ औँ सिनेमाको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्वल रहेको बताए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम)को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

सिनेमाको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । सिनेमा काठमाडौं उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।