राज मेहताको ‘डेड्ली’मा टाइगर र जान्ह्वी, भिलेनमा बरुण धवन

राज मेहताको ‘डेड्ली’मा टाइगर र जान्ह्वी, भिलेनमा बरुण धवन

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘गुड न्यज’ फेम्ड निर्देशक राज मेहताको नयाँ सिनेमा ‘डेड्ली’मा अभिनेता टाइगर श्राफ र जान्ह्वी कपुरको मुख्य भुमिका रहनेछ ।

यो जोडीले पहिलो पटक एकसाथ काम गर्दैछन् । यो सिनेमालाई चर्चित निर्माता तथा निर्देशक करण जोहरको लगानी रहनेछ । धर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको चाँडै औपचारिक रुपमा निर्माण घोषणा गर्ने तयारी भैरहेको बलिउड मिडिया दैनिक भास्करले उल्लेख गरेको छ ।

दैनिक भास्करका अनुसार सिनेमामा भिलेनको रुपमा बलिउड अभिनेता बरुण धवनमा अफर गरिएको छ । बरुणलाई पनि सिनेमाको स्कृप्ट निकै मन परेकाले पहिलो पटक सिनेमामा नेगेटिभ क्यारेक्टरमा पनि का मगर्न तयार भएको जानकारी दिइएको छ ।

यो सिनेमालाई बलिउडका अर्का सफल निर्देशक अनुराग कश्यपले लेखेका हुन् । राजको निर्देशनमा यसअघि जुग जुग जियो र सेल्फी निर्माण भएका थिए । गुड न्युज र जुग जुग जियो बक्सअफिसमा सुपरहिट हुँदा सेल्फी बक्सअफिसमा डिजास्टर सावित भएको थियो ।