शाहरूखको करियरमा सर्वाधिक कमाउने तेस्रो सिनेमा बन्यो ‘डंकी’

शाहरूखको करियरमा सर्वाधिक कमाउने तेस्रो सिनेमा बन्यो ‘डंकी’

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरूख खान स्टारर सिनेमा ‘डंकी’ले बक्सअफिसमा राम्रो कमाई जारी राखेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘डंकी’ शाहरूख खानको करियरमा सर्वाधिक कमाइ गर्ने तेस्रो सिनेमाको बनेको हो ।

यो सिनेमाले विश्वभर ४४५ करोड बढि भारू कमाएको छ । ‘डंकी’ले शाहरूखकै सिनेमा ‘न्नई एक्सप्रेस’को बक्सअफिस कमाईलाई उछिन्दै तेस्रो धेरै कमाउने सिनेमा बनेको हो । सन् २०१३ मा प्रदर्शन भएको सिनेमा ‘चेन्नई एक्सप्रेस’ले विश्वभरबाट ४२२ करोड कमाएको थियो ।

सन् २०२३ शाहरूख खानको लागि निकै फलदायी रह्यो । यही वर्ष प्रदर्शन भएको सिनेमा ‘जवान’ले बलिउड बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने हिन्दी सिनेमा बनेको थियो । उनका सिनेमाले मात्र नभई शाहरूखले विभिन्न रेकर्ड यो वर्ष बनाएका छन् । उनले एक वर्षमै २६ अर्ब कमाउने भारतीय अभिनेता समेत बनेका हुन् ।

सन् २०२३ मा उनका तीन सिनेमा ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका छन् । यी सिनेमाले भारतीय बक्स अफिसमा पनि निकै राम्रो कमाइ गरेका छन् । उनका सिनेमा ‘पठान’, ‘जवान’ र ‘डंकी’ले विश्वभरबाट २६ अर्ब कमाएका हुन् । यो सँगै बलिउडमा एक वर्षमा ४ सय करोडका ३ सिनेमा दिने पहिलो अभिनेता बनेका छन् ।

‘पठान’ले १ हजार ५० करोड भारू कमाएको थियो भने ‘जवान’ले १ हजार १ सय ४६ करोड र ‘डंकी’ले ४ सय ४५ करोड भारू कमाएका छन् । राजकुमार हिरानीले निर्देशन गरेको सिनेमा ‘डंकी’मा शाहरूखका तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।

अवैधानी इमिग्रेसनको विषय वस्तुमा केन्द्रित सिनेमामा निर्देशक हिरानी र गौरी खानको लगानी छ । बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गरेका थिए । दर्शक तथा समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाएको सिनेमा ‘डंकी’ बक्सअफिस हिट भएको छ ।