शुक्रबारबाट नेपाली हलमा धनुषको ‘क्याप्टेन मिलर’ पनि रिलिज हुने

शुक्रबारबाट नेपाली हलमा धनुषको ‘क्याप्टेन मिलर’ पनि रिलिज हुने

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘क्याप्टेन मिलर’ आगामी शुक्रबारबाट नेपालमा पनि रिलिज हुने भएको छ । सिनेमाको नेपाल प्रदर्शन अधिकार एके डिष्ट्रिब्युसनले खरिद गरेको हो ।

सोमाबार मात्रै सिनेमाको नेपाल प्रदर्शन कर्न्फम गरिएको सिनेमाका नेपाल वितरक मध्येका एक भिमसेन कँडेलले बताए । यो कम्पनिले यसअघि ‘छत्रपति’, ‘जरा हटके जरा बचके’, ‘अकेली’, ‘जेलर’ नेपालमा रिलिज गरिसकेको छ । दर्शकको माग अनुसार नै आफुहरुले दक्षिण भारतीय सुपरस्टार धनुषको मुख्य भुमिका रहेको सिनेमा ‘क्याप्टेन मिलर’ नेपाल ल्याएको वितरक कँडेलले बताए ।

यो सिनेमाको गत आइतबार ट्रेलर सार्वजनिक भएको थियो । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै दर्शक तथा वितरकको नजरमा परेको थियो । सार्वजनिक ट्रेलर सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल भएको छ । जसले गर्दा सिनेमाको नेपालमा पनि माग बढेपछि वितरकले सिनेमा नेपाल ल्याउन इच्छा देखाएका थिए ।

शुक्रबारबाट नेपालमा पनि रिलिज हुने सिनेमाले बेलायती साम्राज्यविरुद्ध संघर्षको कथा पेश गर्छ । हिंस्रक चरित्रमा देखिएका धनुषले आफ्नो गाउँ र खानीलाई अंग्रेज साम्राज्यबाट जोगाउन संघर्ष गरेको देखिन्छ । सार्वजनिक ट्रेलरको अन्त्यमा उनी बेलायती सेनाको लागि काम गर्ने सिपाही थिए र क्याप्टेन मिलर नामले परिचित रहेको देखाइएको छ ।

सिनेमामा राखिएका अधिक हिंसाका दृश्य भारतीय सेन्सर बोर्डले ४० प्रतिशत हटाउन निर्देशन दिएको भारतीले मिडियाले उल्लेख गरेका छन् । अनि बेलायतविरुद्ध प्रयोग गरिएका अपशब्द हटाउन पनि सेन्सर बोर्डले आदेश दिएको छ ।

अरुण माथेश्वरनद्वारा निर्देशित सिनेमामा धनुषका अलवा प्रियंका मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, र सन्दीप किशन मुख्य भूमिका रहेको छ । आगामी शुक्रबारबाट सिनेमा भारतसहित विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।