‘र्‍याप व्याटल नेपाल’को आयोजना हुने

‘र्‍याप व्याटल नेपाल’को आयोजना हुने

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’को आयोजना हुने भएको छ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोको बारेमा जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने बताए ।

युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन शुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ । ‘शोमा नेपाली सांगीतिक फाँटका देखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्’, उनले भने ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने बताए । शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ ।

उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले जानकारी दिए । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुण ०२, इटहरीमा फागुण ०५, चितवनमा फागुण ०९, पोखरामा फागुण १२ र काठमाडौंमा १८ तथा १९ गते गरिने बताए ।

एपिवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पे वेलका असिस्टेन्ट सिईओ प्रज्वल आचार्य लगायतको उपस्थिति रहेको थियो ।