विवादमा तानिएपछि नेटफिलिक्सले हटायो नयनताराको ‘अन्नपुर्णी’

विवादमा तानिएपछि नेटफिलिक्सले हटायो नयनताराको ‘अन्नपुर्णी’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमाकी लेडी सुपरस्टार नयनताराको मुख्य भुमिका रहेको सिनेमा ‘अन्नपुर्णी’ विवादमा तानिएको छ । डिसेम्बर १ मा हलमा रिलिज भएको सिनेमा बक्सअफिसमा डिजास्टर सावित भएको थियो ।

बक्सअफिसमा असफल भएको सिनेमा २९ डिसेम्बरबाट ओटिटीमा रिलिज भएसँगै विवादमा तानिएको हो । सिनेमा ओटिटीमा रिलिज भएसँगै विवादमा तानिएपछि सिनेमा नेटफिलिक्सले हटाएको छ । मध्ये प्रदेशको एक पुलिस स्टेसनमा सिनेमामा मुख्य अभिनेत्री नयनतारासहित ८ जना विरुद्ध उजुरी दर्ता भएको हो ।

बलिउड मिडियाका अनुसार मध्ये प्रदेशका अलवा महाराष्ट्रमा पनि एफआरआई दर्ता भएको जनाएका छन् । ‘अन्नपुर्णी’ले धार्मीक भावनामा आहात पुर्यानुका साथै लभ जिहादलाई बढावा दिएको उजुरीमा उल्लेख गरिएको छ । सिनेमाको केही सिनले जनताको भावनामा ठेस पुर्याएको उजुरीमा उल्लेख छ ।