प्रभासको प्रतिक्षित सिनेमा ‘कल्की २८९८ एडी’ मे ९ बाट विश्वभर रिलिज हुने

प्रभासको प्रतिक्षित सिनेमा ‘कल्की २८९८ एडी’ मे ९ बाट विश्वभर रिलिज हुने

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभासको मुख्य भुमिका रहेको सिनेमा ‘कल्की २८९८ एडी’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी मे ९ लाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

वैजयन्ती मुभिजको ब्यानरमा निर्माण भएको सिनेमालाई यो वर्षकै प्रतिक्षित सिनेमाको सुचीमा राखिएको छ । सिनेमाको यसअघि सार्वजनिक टिजरले पनि दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल छ । जसले गर्दा दर्शकको ठुलो संख्या यो सिनेमाको प्रतिक्षामा रहेको बुझ्न गाह्रो पर्दैन् ।

शुक्रबार प्रदर्शन मिति घोषणा गर्न सार्वजनिक गरिएको पोस्टरले पनि दर्शकको ध्यान खिच्न सफल देखिन्छ । सिनेमामा प्रभासका अलवा अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भुमिका रहेको छ । सिनेमाको बजे ६०० करोड बताइएको छ । सिनेमालाई नाग आश्विनले निर्देशन गरेका हुन् ।