‘थेरी’को बलिउड रिमेक बनाउँदै एटली, मुख्य भुमिकामा बरुण, कृति र वामिका

‘थेरी’को बलिउड रिमेक बनाउँदै एटली, मुख्य भुमिकामा बरुण, कृति र वामिका

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत वर्षको अलटाइम ब्लकबस्टर सिनेमा जवानका निर्देशक एटली कुमारले नयाँ सिनेमा निर्माण घोषणा गरेका छन् । यो सिनेमाको उनले निर्देशन भने गर्ने छैनन् । सिनेमामा उनी विशुद्ध निर्माताको रुपमा मात्र प्रस्तुत हुनेछन् । अहिले सिनेमाको वर्किङ टाइटल ‘भिडी १८’ राखिएको छ ।

यो सिनेमालाई सिने १ स्टुडियो, जियो स्टुडियो र एप्पल स्टुडियोको ब्यानरमा निर्माण गरिनेछ । ज्योति देश पाण्डे र मुराद खेतानी निर्माता रहेको सिनेमाको प्रस्तुतकर्ता एटली हुन् । यो उनको दोस्रो बलिउड सिनेमा हो । सिनेमामा बरुण धवन, कृति सुरेश र वामिका गब्बीको मुख्य भुमिका रहनेछ ।

आइतबार सिनेमाको निर्माण टिमले शुभ साइत पुजा र छायांकन सेटका केही दृश्य समावेश गर्दै सिनेमाको औपचारिक रुपमा निर्माण घोषणा गरेको हो । सिनेमाको शुभसाइत भिडियोमा सिनेमाको निर्माण टिम र कलाकार बरुण, कृति र वामिकालाई पनि देख्न सकिन्छ ।

दक्षिण भारतीय सिनेमाकी सफल अभिनेत्री कृति यही सिनेमाबाट बलिउडमा डेव्यु गर्दैछिन् । वामिका टेलिभिजन र मोडलिङ्गको दुनियाबाट बलिउड प्रवेश गर्न लागेकी हुन् । अल्टिमेट एक्सन इन्टरटेनर जनराको सिनेमालाई दक्षिण भारतीय निर्देशक ए. कलीसरनले निर्देशन गर्नेछन् । यही सिनेमाबाट उनले बलिउडमा निर्देशकिय डेव्यु गर्दै छन् । यो एटली निर्देशित र थलापति विजय अभिनित सुपरहिट तमिल सिनेमा ‘थेरी’को बलिउड रिमेक हो ।