बक्सअफिसमा ‘हनुमान’ सुखद सुरुवात, भीएफएक्स र कलाकारको अभिनयको तारिफ

बक्सअफिसमा ‘हनुमान’ सुखद सुरुवात, भीएफएक्स र कलाकारको अभिनयको तारिफ

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको तेलुगू सिनेमा ‘हनुमान’ले भारतीय बक्सअफिसमा सुखद सुरुवात गरेको छ । प्रदर्शनको दुई दिनमा २५ करोड भारुमा निर्माण भएको सिनेमाले पेड प्रिमियर सहित तेलुगू, कन्नड, तमिल, मलयालम र हिन्दी भाषामा गरी कूल २४ करोड ७ लाख कमाएको हो ।

शनिबारबाट बलियो वर्ड अफ माउथ पब्लिसिटी पाएपछि सिनेमाको तेलुगूसँगै हिन्दी भर्सनमा बक्सअफिस अकुपेन्सीमा वृद्धि भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, हिन्दी भर्सनमा मात्र तीन दिनमा सिनेमाले १० करोडमाथि कलेक्सन गर्नेछ । जनवरी २५ सम्म कुनैपनि ठूलो सिनेमा नभएकाले ‘हनुमान’ले हिन्दीसहित अन्य भाषामा सय करोडमाथिको व्यापार गर्न सक्ने अनुमान गरिएको छ ।

पौराणिक कथामा निर्माण भएको ‘हनुमान’लाई तेलुगूको पहिलो सुपरहिरो सिनेमा भनिएको छ । प्रशान्त वर्माको लेखन तथा निर्देशन रहेको सिनेमाको भीएफएक्स, ब्याकग्राउन्ड स्कोर र छायांकनको प्रशंसा भइरहेको छ । कम बजेटमा पनि सिनेमामा स्तरीय भीएफएक्स देखिएको छ ।

यो सिनेमामा बलिउडका बिग बजेटमा निर्माण भएका ‘ब्रह्मास्त्र’ र ‘आदिपुरुष’भन्दा पनि राम्रो भीएफएक्स रहेको प्रतिक्रिया समीक्षकले दिएका छन् । ‘हनुमान’को कथा अन्जनाद्रि नामको एक काल्पनिक गाउँमा आधारित छ । जहाँ हनुमन्थु अर्थात् तेजा सज्जालाई हनुमानको शक्ति मिल्छ ।

‘हनुमान’ हेरेका प्रायः दर्शकले सामाजिक सञ्ञ्जालमा तेजा सज्जालाई तेलुगूको अपकमिङ सुपरस्टार भनेका छन् । सिनेमामा तेजाका अलवा अमृता अय्यर, विनय राय, वरलक्ष्मी सरथकुमार र राज दीपक शेट्टीको पनि मुख्य भुमिका रहेको छ ।