प्रभासको रोमान्टिक-हरर ड्रामा ‘द राजा साब’को पोस्टर सार्वजनिक

प्रभासको रोमान्टिक-हरर ड्रामा ‘द राजा साब’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभासले सोमबार सामाजिक सञ्जालबाट सिनेमा ‘द राजा साब’को घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनी अनुहारमा मुस्कान र रंगीन लुंगीमा प्रस्तुत छन् ।

निर्देशक मारुती दासरीले यो रोमान्टिक-हरर ड्रामालाई निर्देशन गरिरहेका छन् । प्रभास अभिनित ‘सलार’ हालै रिलिज भएको थियो । यो सिनेमाले विश्वभर ६०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । दुई दिनअघि उनले आगामी सिनेमा ‘कल्की २८९८ एडी’ मे ९ मा रिलिज हुने जानकारी दिएका थिए ।

सिनेमामा प्रभासलाई सानदार लुक्समा प्रस्तुत गरिने निर्माण कम्पनिले जनाएको छ । रोमान्टिक-हरर जनरामा सिनेमा निर्माण हुन लागेको हो जसमा दर्शकले भरपुर मनोरञ्जन पाउने बताइएको छ । सिनेमा पाँच भाषामा रिलिज हुनेछ ।

‘प्रभास र पिपल मिडियासँगको सहकार्य निकै रोमाञ्चक छ । सिनेमामा प्रभासको उपस्थिति विशेष छ किनकि हाम्रो डरलाग्दो कथाको साथ पर्दामा उनको शक्तिशाली उपस्थितिले दर्शकलाई रूपमा चकित पार्नेछ’, निर्देशक मारुतीले भने । ‘द राजा साब’ आफ्नो अहिलेसम्मको करियरको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट रहेको मारुतीले उल्लेख गरेका छन् ।

सिनेमाको संगीत थमन एसले दिएका हुन् । कमल कन्ननले भीएफएक्स गर्दैछन् । सिनेमाका निर्माता टीजी विश्व प्रसाद हुन् । सिनेमा पिपल मिडिया फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो ।