अरुण जस्ता नवप्रवेशीलाई मेकरले राम्रो सदुपयोग गर्नसक्छन्

अरुण जस्ता नवप्रवेशीलाई मेकरले राम्रो सदुपयोग गर्नसक्छन्

सिनेमामा शीर्ष भूमिकामा हरिवंश आचार्य भएपनि अरुणले आफूले पाएको स्पेसमा आफूलाई प्रमाणित गरे ।

द सिनेमा टाइम्स
266
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको सोमबार प्रदिप भट्टराई निर्देशित ‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ गीत रिलिज भएको छ । गीतमा सिनेमाका मूल कलाकार नभइ अभिनेता अरुण क्षेत्री तथा मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

गीतमा नाचेकी आश्माको परिचय व्यवसायिक नृत्य कलाकारमा धेरै पहिला स्थापित भइसकेकी हुन् तर सार्वजनिक गीतको भिडियोले अभिनेता अरुण क्षेत्री पनि गज्जब नाच्न सक्छन् भन्ने देखाएको छ । सार्वजनिक गीतमा अधिकांश समय आश्मा र अरुणले नै नाचेका छन् । नाच्दा अरुणले आश्मासँग गज्जबको केमेस्ट्रीसँगै नाचको लय पनि मिलाएका छन् ।

चकलेटी अनुहार परेका हिरोहरु वर्तमान समयमा नेपाली रजतपटमा कम नै छ । ‘महापुरुष’ तथा ‘प्रेमा’ सिनेमाबाट आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका अरुणले ‘महाजात्रा’को गीतमा देखाको नृत्यत कौशलले उनी नेपाली सिनेमाले काम गराउनुपर्ने अभिनेताको सूचिमा पार्ने निश्चित छ ।

चकलेटी अनुहार र अग्लो कदका उनको अनुहार तथा शारिरिक संरचनाले अरुण रोमान्टिकदेखि माचो भूमिकासम्म सजिले फिट हुने देखिन्छन् । उनको यही क्षमताकै कारण उनले ‘महापुरूष ‘मा डेब्यूको मौका पाएका हुन् । उनलाई थिएटरमा राम्रो अभिनय गर्ने कलाकारको छबि  बनाएका सुदाम सिकेले ‘महाजात्रा’ टिमलाई सिफारिस गरेका थिए ।

सिनेमामा शीर्ष भूमिकामा हरिवंश आचार्य भएपनि अरुणले आफूले पाएको स्पेसमा आफूलाई प्रमाणित गरे । अहिले नेपाली सिनेउद्योगमा धेरै मेकर ‘खै हिरो?’ भन्दै हिँडेको देखिन्छ । यसरी खै हिरो भन्नेका लागि अरून राम्रा विकल्प हुन् । उनलाई नेपाली मेकरले राम्रो सदुपयोग गर्नसक्छन् ।

मेकरहरु ‘खै हिरो?’ भन्दै चलेका हिरोको पछि मात्र दौडिने भन्दा नयाँ अनुहार र सिनेमामा आफूलाई प्रमाणित गर्नसक्ने अरुण जस्ता नवप्रवेशीलाई मौका दिनेतर्फ लाग्नु उचित हुन्छ । यस्तोमा अरुण सम्भावना बोकेर आएका छन् ।  आशा गरौं  उनको अभिनय हेरिसकेका मेकरले यो नृत्य कौशल हेरेपछि उनलाई सिनेमामा पर्याप्त मौका प्रदान गर्नेछन् ।