रोहित सेट्टी भन्छन् – ‘शाहरुखसँग मनमुटावको हल्ला अफवाह मात्रै’

रोहित सेट्टी भन्छन् – ‘शाहरुखसँग मनमुटावको हल्ला अफवाह मात्रै’

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक रोहित सेट्टी बलिउडमा सफल निर्देशक मध्ये एक हुन् । उनका सिनेमामा दर्शकले मसालेदार र एक्सनको स्वाद पाउने गरेका छन् । जसले गर्दा उनका सिनेमा बक्सअसिफमा सुपहिट पनि छन् । रोहीतको करियर कै सवैभन्दा असफल सिनेमाको रुपमा सन् २०२२ को अन्तिम दिन प्रदर्शनमा आएको ‘सर्कस’लाई मान्ने गरिन्छ ।

उनी अहिले ‘सिंगम अगेन’को निर्माण तथा निर्देशनमा व्यस्त छन् । यसैबीच उनले ‘गोलमाल ५’ पनि निर्माणको तयारी गरिरहेका छन् । यो सिनेमा २०२६ सम्ममा प्रदर्शनमा आउने बताइएको छ । अहिले उनको ओटिटी डेव्यु सिरिज ‘इन्डियन पुलिस फोर्स’ एमाजोन प्राइममा रिलिज भएको छ । यसको प्रचारमा पनि उनी उत्तिकै व्यस्त छन् ।

रोहितले बलिउडमा अजय देवगनदेखि अक्षय कुमार, रनवीर सिंह र शाहरुख खानजस्ता स्टारहरूसँग काम गरिसकेका छन् । हालै एक अन्तर्वार्तामा रोहितले शाहरुख खानसँग मनमुटाबको हल्लाबारे आफ्नो बोलेका थिए । रोहितले शाहरुसँग ‘चेन्नई एक्सप्रेस’ बनाएका थिए । सन् २०१३ मा रिलिज भएको सिनेमा बक्सअफिसमा सुपरहिट भएको थियो ।

यो सिनेमामा शाहरुखको हिरोइनका रूपमा दीपिका पादुकोणले काम गरेकी छन् । रोहित र शाहरुखले सन् २०१५ मा रिलिज भएको सिनेमा ‘दिलवाले’मा पनि सँगै काम गरेका थिए । त्यो सिनेमायता शाहरुख र रोहितले फेरि सिनेमामा एकसाथ काम गरेका छैनन् । जसले गर्दा यी दुईबिचको सम्बन्ध राम्रो नभएको अफवाह चल्नु स्वाभाविक नै हो ।

रोहितले हालै शाहरुखसँग काम गर्न नपाउनुको कारण बताएका छन् । बलिउडको एक मिडियासँगको अन्तर्वार्तामा रोहितलाई शाहरुख खानसँग मनमुटाव चलिरहेको छ ? भनेर सोधिएको थियो । सुरुमा त यो प्रश्न सुनेर रोहित ठुलो स्वरमा हाँस्न थाले अनि भने, ‘यस्तो केही होइन । खासै राम्रो कहानी भेटिएको छैन, सँगै काम गर्ने हो भने ‘चेन्नई एक्सप्रेस’ भन्दा ठुलो हुनुर्पयो नि । सबैभन्दा जरुरी यस्तो विषय पाए भने किन नगर्ने जरुर उनीसँग काम गर्नेछु ।’