भारत र माल्दिभ्सबीच तनाव बढेसँगै रोकियो सलमान र करणको ‘द बुल’ छायांकन

भारत र माल्दिभ्सबीच तनाव बढेसँगै रोकियो सलमान र करणको ‘द बुल’ छायांकन

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक करण जोहर र अभिनेता सलमान खानबीच २५ वर्षपछि ‘द बुल’को लागि टिमअप भएको छ । सिनेमाको छायांकन नजिकिएसँग भारत र माल्दिभ्सबीच तनाव बढेसँगै सिनेमाको काम रोकिएको हो ।

बलिउड मिडियाका अनुसार सिनेमामा सलमान खान पारामिलिट्री अफिसर फारुख बुल्सराको भुमिकामा देखिनेछन् । यो सिनेमालाई ‘शेरशाह’ फेम्ड निर्देशक बिष्णु बर्धन निर्देशन गर्दैछन् । सलमानको जन्मदिनमा मुहूर्त गरिएको सिनेमाको छायांकन फ्रेब्रुअरीबाट गर्ने तयारी भैरहेको थियो ।

अब यो सिनेमा घोषित मितिमा फ्लारमा नजाने ककर्न्फम भएको समाचार बलिउड हंगामाले प्रकाशित गरेको छ । सिनेमाका निर्देशक बिष्णु, निर्माता करण र अभिनेता सलमान स्कृप्टमा कुनैपनि सम्झौता गर्न नचाहने भएकाले भारत र माल्दिप्सको विवाद साम्य नहुञ्जेल केही एलिमेन्ट्मा फेरी काम गरिरहेका छन् । जब भारत र माल्दिभ्सको सम्बन्ध सुधार हुनेछ, त्यसपछि मात्रै सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।

सिनेमाको कथा निर्देशक बिष्णु बर्धन आफैले लेखेका हुन् । सलमानको मुख्य भुमिका रहने सिनेमाको कथा माल्दिभ्सलाई आतकंकारी हमलाबाट जोगाउन भारतले चलाएको अप्रेसनमा आधारित हुनेछ ।