ओस्कार अवार्डको ९६ औं संस्करणको मनोनयन सार्वजनिक

ओस्कार अवार्डको ९६ औं संस्करणको मनोनयन सार्वजनिक

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कार अवार्डको ९६ औं संस्करणको मनोनयन सार्वजनिक भएको छ । मंगलबार २३ विधाको मनोनयन सूची अभिनेत्री जाजी बिट्ज र अभिनेता ज्याक क्वेड्जले सार्वजनिक गरेका हुन् ।

सर्वश्रेष्ठ सिनेमाको विधामा मनोनयन हुनको लागि सन् २०२४ देखि सिनेमाले ओस्कारका चारमध्ये दुईवटा मापदण्ड पुरा गरेकै हुनुपर्ने ब्यवस्था गरिएको छ । ओस्कारको ९६ औं संस्करणमा ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ ।

यस्तै, हलिउडको अर्को चर्चित सिनेमा ‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, एनाटोमी अफ अ फल, द होल्डओभर्स, द जोन अफ इन्ट्रेस्ट समान ५÷५ विधामा मनोनयन भएका छन् ।

आगामी मार्च १० मा आयोजना हुन लागेको ओस्कार अवार्ड समारोहलाई जिमी किमेलले होस्ट गर्नेछन् । ‘ओपेनहाइमर’ सर्वाधिक विधामा छनोट हुनुका साथै यो सिनेमाबाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा र क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनित छन् ।

यस्तो छ मनोनयन सूची :

सर्वश्रेष्ठ सिनेमा

अमेरिकन फिक्सन
एनाटोमी अफ अ फल
बार्बी
द होल्डओभर्स
किलर्स अफ द फ्लावर मुन
माएस्ट्रो
ओपेनहाइमर
पास्ट लाइभ्स
पुअर थिंग्स र द जोन अफ इन्ट्रेस्ट

सर्वश्रेष्ठ निर्देशन
एनाटोमी अफ अ फल – जस्टिन ट्रिएट
किलर्स अफ द फ्लावर मुन – मार्टिन स्कोरसिज
ओपेनहाइमर – क्रिस्टोफर नोलन
पुअर थिंग्स – योर्गोस ल्यान्थिमोस
द जोन अफ इन्ट्रेस्ट – जोनाथन ग्लेजर

सर्वश्रेष्ठ अभिनेता
ब्राड्ली कुपर – माएस्ट्रो
कोलम्यान डोमिंगो – रस्टिन
पल जियामट्टी – द होल्डओभर्स
किलियन मर्फी – ओपेनहाइमर
जेफ्री राइट – अमेरिकन फिक्सन

सर्वश्रेष्ठ अभिनेत्री
एनेट बेनिङ्ग – न्याद
लिली ग्लाडस्टोन – किलर्स अफ द फ्लावर मुन
सान्ड्रा हलर – एनाटोमी अफ अ फल
केरी मुलिगन – माएस्ट्रो
एम्मा स्टोन – पुअर थिंग्स

सर्वश्रेष्ठ सहायक अभिनेता
स्टर्लिङ के ब्राउन – अमेरिकन फिक्सन
रोबर्ट डी निरो – किलर्स अफ द फ्लावर मुन
रोबर्ट डाउने जुनियर – ओपेनहाइमर
रायन गसलिङ – बार्बी
मार्क रफेलो – पुअर थिंग्स

सर्वश्रेष्ठ सहायक अभिनेत्री
एमिली ब्लन्ट – ओपेनहाइमर
डेनियल ब्रुक्स – द कलर पर्पल
अमेरिका फेरेरा – बार्बी
जोडी फोस्टर – न्याद
द भाइन जोय रान्डोल्फ – द होल्डओभर्स

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर
लो क्यापिटानो – इटाली
पर्फेक्ट डेज – जापान
सोसाइटी अफ द स्नो – स्पेन
द टिचर्स लाउण्ज – जर्मनी
द जोन अफ इन्ट्रेस्ट – बेलायत