ऋतिक र दीपिकाको ‘फाइटर’ युएईबाहेक मध्येपूर्वी देशमा प्रदर्शनमा रोकियो

ऋतिक र दीपिकाको ‘फाइटर’ युएईबाहेक मध्येपूर्वी देशमा प्रदर्शनमा रोकियो

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको बलिउडको प्रतिक्षित सिनेमा ‘फाइटर’को प्रदर्शनमा युएईबाहेकका मध्यपूर्वका देशहरुले रोक लगाएका छन् । ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको हुख्य भुमिका रहेको सिनेमाको मध्येपूर्वका देशहरुले रिलिज रोक्नुको कारण भने खुलाएका छैनन् ।

बलिउड समाचार पोर्टल पिंक भिल्लाले जनाए अनुसार अहिलेसम्म ती मुलुकमा प्रतिबन्धको निर्णय कायमै रहेको उल्लेख गरेको छ । पिंक भिल्लाले यो प्रतिबन्धले सिनेमालाई ठूलो धक्का लागेको जनाएको छ । तर यूएईमा भने पीजी-१५ सर्टिफिकेटसहित रिलिज हुनेछ ।

यसबारे निर्माताले पनि आधिकारिक रुपमा केही बताएका छैनन् । बलिउडको पहिलो एरियल एक्सन सिनेमा नेपालसहितका मुलुकमा भने शुक्रबार प्रदर्शनको तयारीमा छ । आईएमडीबीसहितका पोर्टलले यसलाई सन् २०२४ कै प्रतीक्षित सिनेमाको सुचीमा राखेका छन् ।

सिद्धार्थ आनन्द निर्देशित सिनेमामा ऋतिक र दीपिकासहित अनिल कपुर, करणसिंह ग्रोवर र अक्षय ओबरोयको अभिनय छ । यो सिनेमा भायकम १८ र निर्देशक आनन्दको होम प्रोडक्सन मारफिलिक्सको ब्यानरमा निर्माण भएको हो ।