ऋतिक र दीपिकाको ‘फाइटर’ पाइरेसीको शिकार, पहिलो दिन २२ करोड कलेक्सन

ऋतिक र दीपिकाको ‘फाइटर’ पाइरेसीको शिकार, पहिलो दिन २२ करोड कलेक्सन

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबारबाट प्रदर्शनमा आएको बलिउड सिनेमा ‘फाइटर’ पाइरेसी भएको छ । बलिउड अभिनेता ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको मुख्य भुमिका रहेको सिनेमा प्रदर्शनको पहिलो दिन नै पाइरेसीको शिकार भएको हो ।

बलिउड हंगामाका अनुसार विभिन्न अवैधानिक साइटहरुमा सिनेमाको एचडी क्वालिटीसहित पुरा सिनेमा उपलब्ध छ । जसले गर्दा सिनेमाको विकेण्ड पछिको व्यापारमा ठुलो घाटा लाग्ने देखिएको जनाएको छ । सिनेमाले दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएकाले वीक डेमा पनि सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

तर रिलिजको पहिलो दिन नै सिनेमा एचडी क्वालिटीमा पाइरेसी हुनु सिनेमाको व्यापारमा गिरावट ल्याउने पहिलो माध्येम बन्ने चिन्ता बलिउड ट्रेड एक्सपर्टहरुले गरिरहेका छन् । सिनेमाले रिलिजको पहिलो दिन २२ करोड भारुको व्यापार गरेको छ । बलिउडको पहिलो एरियल एक्सन सिनेमा भएकाले पनि सिनेमाको भिएफएक्स लगायतको चर्चा भैरहेको छ ।

रिलिजअघि नै अग्रीम टिकट बिक्रीबाट सिनेमाले ७।२१ करोड भारु कमाएको थियो । शुक्रबार, शनिबार र आइतबार भारतीय बक्स अफिसमा सिनेमाको कलेक्सनमा अझै वृद्धि हुने प्रक्षेपण गरिएको छ । ‘फाइटर’ भारतीय वायुसेनाका अफिसरको कथा हो ।

पाकिस्तानी कट्टरपन्थीले केही भारतीय सैनिक पोस्टमा आक्रमण गरी दर्जनौंको ज्यान लिएको घटनाको बदला लिन भारतले पनि एयर–स्ट्राइकमार्फत बदला लिन्छ । यसअघि ‘पठान’ र ‘वार’जस्ता एक्सन सिनेमा निर्देशन गरेका सिद्धार्थ आनन्दको यो सिनेमाले राम्रो समीक्षा प्राप्त गरेको छ । बिशेषगरी सिनेमाको एरियल(एक्सन कोरियोग्राफीको प्रशंसा भएको छ ।