नेपाली सिनेमाको सजिलो टिकेटिङ्ग पार्टनर खल्ती एप स्थापनाको सात बर्ष पुरा

नेपाली सिनेमाको सजिलो टिकेटिङ्ग पार्टनर खल्ती एप स्थापनाको सात बर्ष पुरा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालको चर्चित डिजिटल एप खल्तीले स्थापनाको सात बर्ष पुरा गरेको छ । यो सात बर्षमा खल्ती एपले ग्राहकको विश्वास र माया पाइरहेको छ । खल्तीले विगत ३ बर्षदेखि नेपाली सिनेमाको प्रमोसनमा पनि सहकार्य गर्दै आएको छ । यो सहकार्य नेपाली सिनेमा र खल्तीका लागि सुखद समेत बनिरहेको छ ।

खल्तीले ३ बर्षमा ४० भन्दा बढी नेपाली सिनेमासँग सहकार्य गरेको छ । यो सहकार्यले खल्तीसँगै नेपाली सिनेमाका निर्माता र कलाकारले पनि राम्रो फाइदा लिन सकेका छन् । खल्तीले केही नेपाली सिनेमाको टिकट काट्दा ३५ प्रतिशतसम्मको हिस्सा लिँदै सिनेमाको व्यापारमा ठूलो सहयोग गरेको छ ।

सिनेमा प्रमोसनमा पनि खल्ती एपले निरन्तर सहकार्य गर्दै आइरहेको छ । खल्तीले सिनेमा ‘परस्त्री, हल्कारा, बिहे पास, छड्के २, छक्का पन्जा ४’ लगायतका सिनेमा रिलिजका क्रममा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको थियो ।

सिनेमा ‘बहाव’को रिलिजका क्रममा क्विज समेत राखेर खल्तीले प्रमोसन गरेको थियो । खल्तीले सिनेमा ‘महापुरुष’ रिलिजका क्रममा ‘आफ्नो महजोडी’को तस्विर खिचाएर ट्याग गर्न आग्रह गर्दै यो सिनेमाको २ वटा टिकट जित्ने अवसर समेत प्रदान गरेको थियो ।

सिनेमा बहावका निर्माता श्रीधर पौडेलले भने-‘खल्तीले नेपाली सिनेमालाई साथ दिन थालेपछि नेपाली सिनेमाको मार्केटिङ नयाँ ढंगले अगाडि बढेको छ । हाम्रो सिनेमा बहावको रिलिजका क्रममा पनि खल्तीले दिएको साथले महत्वपूर्ण प्रभाव पारेको थियो । यसैले, म खल्तीलाई सिंगो नेपाली सिनेमाको तर्फबाट धन्यवाद र बधाई दिन चाहन्छु ।’

सिनेमा ‘फूलबारी’सँग पनि खल्तीको सहकार्य भयो । खल्ती एपबाट ५० सेकेन्डमै सिनेमाको टिकट काट्न सकिन्छ । यसैले, सिनेमाको टिकट खरिदमा यो एप आएपछि दर्शकलाई निकै नै सहज हुने गरेको छ । यसको फाइदा नेपाली सिनेमाले उठाएका छन् । सिनेमा हेर्नका लागि प्रोत्साहन दिने उद्देश्यले खल्तीले थुप्रै अफरहरू समेत सार्वजनिक गर्यो ।

खल्तीबाट देशभरका ५१ वटा हलका १२० वटा पर्दामा टिकट काट्न सकिने भएकाले पनि दर्शकलाई निकै सहज भएको छ । खल्तीले ल्याएको विभिन्न योजनामा नेपाली सिनेमाका नाम चलेका कलाकारहरूले पनि सहकार्य गरेका छन् ।

खल्तीका कारण दर्शक र कलाकारबीचको दुरीलाई नजिक बनाउन निकै मद्दत गरेको छ । ७ बर्षको यात्राका क्रममा ग्राहकको राम्रो साथ पाएको खल्तीले आगामी दिनमा पनि नेपाली सिनेमासँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ ।