फिल्मफेयरमा सर्वोत्कृष्ट सिनेमा ‘ट्‍वेल्थ फेल’, रणवीर र आलिया सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री

फिल्मफेयरमा सर्वोत्कृष्ट सिनेमा ‘ट्‍वेल्थ फेल’, रणवीर र आलिया सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फिल्मफेयर अवार्डको ६९ औं संस्करणमा ‘ट्वेल्थ फेल’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । यही सिनेमाका लागि विधुविनोद चोपडालाई सर्वोत्कृष्ट निर्देशकको अवार्ड दिइयो भने सर्वोत्कृष्ट पटकथाको अवार्ड पनि यो सिनेमाले उचालेको हो ।

रणवीर कपुरले ‘एनिमल’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाले भने ‘रकी और रानीकी प्रेम कहानी’बाट आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । शबाना आजमीले ‘रकी और रानीकी प्रेम कहानी’बाट सह-अभिनेत्रीको अवार्ड जितिन् ।

सर्वोत्कृष्ट कथाको अवार्ड ‘ओएमजी २’ लाई प्रदान गरियो । इशिता मोइत्राले ‘रकी और रानीकी प्रेम कहानी’का लागि सर्वश्रेष्ठ संवादको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेका छन् । ‘पठान’को गीत ‘बेशरम रंग’का लागि शिल्पा रावले पाश्र्व गायिकाको अवार्ड प्राप्त गरिन् । ‘एनिमल’को ‘अर्जुन वैली’ गीत गाएका भुपेन्द्र बब्बलले सर्वश्रेष्ठ पाश्र्व गायकको अवार्ड पाएका हुन् ।

यसअघि प्राविधिकतर्फको पुरस्कार नै घोषणा भइसकेको थियो । जसमा शाहरुख खानको सिनेमा ‘जवान’ले बेस्ट एक्सन विधामा अवार्ड पाएको छ । ‘रकी और रानीकी प्रेम कहानी’को ‘ह्वाट झुम्का’ गीतका लागि गणेश आचार्यले सर्वोत्कृष्ट डान्स कोरियोग्राफी अवार्ड पाए । प्राविधिक अवार्डमा सर्वाधिक तीन अवार्ड ‘सामबहादुर’ले पायो भने दुई अवार्ड ‘एनिमल’ले जित्यो ।

निर्देशक डेभिड धवनलाई भारतीय सिनेमामा उनको योगदानको लागि ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । यो वर्षको फिल्मफेयर अवार्ड समारोह गुजरातको गान्धीनगरस्थित गिफ्ट सिटीमा भएको थियो ।

अवार्ड विजेताको सूची :

सर्वोत्कृष्ट सिनेमा – ट्वेल्थ फेल

सर्वोत्कृष्ट अभिनेता – रणवीर कपुर (एनिमल)

सर्वोत्कृष्ट अभिनेत्री – आलिया भट्ट (रकी और रानीकी प्रेम कहानी)

सर्वोत्कृष्ट निर्देशक – विधुविनोद चोपडा (ट्वेल्थ फेल)

लाइफ टाइम एचिभमेन्ट अवार्ड – डेविड धवन (निर्देशक)

सर्वोत्कृष्ट डेब्यु अभिनेता (पुरुष) – आदित्य रावल (फराज)

सर्वोत्कृष्ट डेब्यु अभिनेत्री (महिला) – अलिजेह अग्निहोत्री (फर्रे)

सर्वोत्कृष्ट डेब्यु निर्देशक – तरुण डुडेजा (धकधक)

सर्वश्रेष्ठ सहायक अभिनेत्री – शबाना आजमी (रकी और रानीकी प्रेम कहानी)

सर्वोत्कृष्ट सहायक अभिनेता – विक्की कौशल (डंकी)

सर्वोत्कृष्ट अभिनेत्री (समीक्षक) – रानी मुखर्जी (मिसेस चटर्जी भर्सेस नर्वे) र शेफाली शाह (थ्री अफ अस)

सर्वोत्कृष्ट अभिनेता (समीक्षक) – विक्रान्त मेसी (ट्वेल्थ फेल)

सर्वोत्कृष्ट सिनेमा (समीक्षक) – जोराम