भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन, यस्तो छ कारण

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन, यस्तो छ कारण

द सिनेमा टाइम्स
406
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण पाण्डेको शुक्रबार बिहान निधन भएको समाचार भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

उत्तर प्रदेशस्थित कानपुरको घरमा ३२ वर्षिया पाण्डेको निधन उनको भएको हो। उनको आधिकारिक इन्स्टाग्राम हेन्डलमा उनको निधन भएको उल्लेख गरिएको छ । पाण्डे आफ्ना विवादस्पद अभिव्यक्ति र विशेष गरी सामाजिक संजालमा राख्न अर्धनग्न तस्विर र भिडियोका चर्चित थिइन् ।

यस्तै सन् २०११ मा भारतले क्रिकेट विश्वकप जिते नांगै हुने घोषणा गरेकी थिइन । यद्यपी उनलाई भारतीय क्रिकेट बोर्डले अनुमति नदिएको भन्दै सो घोषणा पूरा गरिनन् तर पछि सन् २०१२ मा कोलकता नाइट राइडर्सले आईपिएल जितेपछि नांगो पोज दिएकी थिइन् ।

यसैगरी उनले इन्स्टाग्राममा आफ्ना प्रेमीसँगको ‘सेक्स भिडियो’ पनि पोस्ट गरेकी थिइन जसलाई पछि आफैले हटाएकी थिइन् भने गोवा सरकारले आफ्नो सम्पतीमा नग्न भिडियो खिचेको भन्दै मुद्दा दायर गरेको थियो ।

अचान उनको मृत्यु खबर सार्वजनिक भएपछि सामाजिक संजालमा संशय व्यक्त गरिएकोमा उनको प्रचार समूहले उनको मृत्युको पुष्टि गरेको छ ।