गायक युवराजले ल्याए ‘नझुक्याउन’को म्युजिक भिडियो

गायक युवराजले ल्याए ‘नझुक्याउन’को म्युजिक भिडियो

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक युवराज चौलागाईंले नयाँ गीत ‘नझुक्याउन’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केही दिन अगाडी आफ्नै नामको युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा उनी स्वंयमले अभिनय समेत गरेका छन् । गीतको भिडियोमा उनलाई मोलड कुसुम शर्मा र मोडल विकाश लामिछानेले साथ दिएका छन् । दीपिका थापा रिमालको शब्द रचना रहेको गीतमा गायक चौलागाईं स्वंयमको संगीत तथा स्वर सुन्न सकिन्छ ।

सार्वजनिक भिडियोमा राज आचार्यको कन्सेप्ट, अर्जुन तिवारीको छायांकन, मिलन विश्वर्माको कलर तथा सम्पादन, माही सिंहको मेकअप रहेको छ । यो भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । गीतले विवाहोत्तर सम्बन्धले ल्याउने उतार चढावको कथा प्रस्तुत गरिएको हो ।