‘इण्डियन आइडल’बाट बाहिरिन नेपालकी मेनुका पौडेल

‘इण्डियन आइडल’बाट बाहिरिन नेपालकी मेनुका पौडेल

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छन् । उनी बाहिरिएको घोषणा आइतबारको एपिसोडमा भएको हो ।

आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट जानकारी दिएकी छन् । उनले लेखेकी छन् – ‘इण्डियन आइडलको मेरो यात्रा यहीँ सकिएको छ । तर, सांगीतिक यात्राको मेरो जीवन भर्खर सुरु भएको छ ।’

‘म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’ मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । उनले सिनेमाको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् ।

उनले यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको समेत उल्लेख गरेकी छन् । उनले अगडी लेखेकी छन्, ‘यो मेरो सुरुवात हो, समाप्ती होइन ।’ आइडलमा रहँदा ‘सलार’मार्फत भारतीय सिनेमामा स्वर भर्नुका साथै चिकित्सकले ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।