ग्रामी अवार्डमा टेलर स्वीफ्ट, एसजेडए र ब्वायजिनियसको वर्चस्व

ग्रामी अवार्डमा टेलर स्वीफ्ट, एसजेडए र ब्वायजिनियसको वर्चस्व

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ग्रामी अवार्डको ६६ औं संस्करण सोमबार सकिएको छ । यो अवार्ड समारोहमा टेलर स्वीफ्ट, एसजेडए र ब्वायजिनियसको वर्चस्व देखिएको हो । टेलरले मञ्चबाटै आगामी एल्बम ‘द टर्डर्ड पोएट्स डिपार्टमेन्ट’ ल्याउने घोषणा गरेकी थिइन् ।

‘मिडनाइट्स’ एल्बमका लागि टेलरले उत्कृष्ट पप भोकलको पुरस्कार उचालेकी हुन् । यो अवार्ड ग्रहण गर्दै उनले नयाँ एल्बम अप्रिल १९ मा सार्वजनिक गर्न लागेको जानकारी दिएकी छन् ।

वर्ष गीत बिली एलिसको ‘ह्वाट वव आइ मेड फर’ बन्यो । भिजुअल मिडिया विधा समेत यो गीतले अवार्ड जित्यो । उत्कृष्ट नयाँ आर्टिस्ट भिक्टोरिया मोनेट घोषित भइन् । माइली साइरसले ‘फ्लावर्स’बाट ‘रेकर्ड अफ द इयर’ प्राप्त गरिन् । यो माइलीका लागि पहिलो ग्रामी अवार्ड हो ।

एल्बम अफ द इयर स्वीफ्टले ‘मिडनाइट्स’बाट प्राप्त गरिन् । यो पटक ग्रामी अवार्डमा महिला आर्टिस्टले दबदबा जमाएको देख्न सकिन्छ । किलर माइकले र्याप विधामा मनोनित भएका तीन वटै विधामा जित हात पारे ।

यो संस्करणमा दुई विधा थप गरिएका थिए । जसमध्ये अफ्रिकन म्युजिक प्रस्तुतिको विधामा टायलाले ‘वाटर’ र उत्कृष्ट डान्स पपमा काइली मिनोगको ‘प्याडम प्याडम’बाट ग्रामी अवार्डमा जित हाँसिल गरेका छन् ।

भारतीय प्रख्यात तबला वादक जाकिर हुसैन र गायक शंकर महादेवनलाई ग्रामी अवार्ड प्रदान गरिएको छ । बेस्ट ग्लोबल म्युजिक एल्बमको उपाधि महादेवन र हुसेनको ब्यान्ड ‘शक्ति’को एल्बम ‘यो पल’ले जितेको हो ।

यी हुन् विजेता :

रेकर्ड्स अफ द इयर – फ्लावर्स (माइली साइरस)

एल्बम अफ द इयर – मिड्नाइट्स (टेलर स्वीफ्ट)

सङ अफ द इयर – ह्वाट वाज आइ मेड फर (बिल्ली एलिस)

बेस्ट न्यु आर्टिस्ट – भिक्टोरिया मोनेट

बेस्ट पप सोलो पर्फमेन्स – फ्लावर्स (माइली साइरस)

बेस्ट पप ग्रुप – घोस्ट इन द मसिन (एसजेडए)

बेस्ट पप डान्स रेकर्डिङ – प्याडम प्याडम (काइली मिनोग)

बेस्ट रक एल्बम – दिस इज ह्वाइ (पारामोर)