‘रामायण’ छायांकनको तयारीमा रनवीर र साई पल्लवी, यश लण्डन सेड्युलमा जोडिने

‘रामायण’ छायांकनको तयारीमा रनवीर र साई पल्लवी, यश लण्डन सेड्युलमा जोडिने

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रनवीर कपुर एनिमल रिलिज पश्चात नयाँ पुस्ताका सुपरस्टार रुपमा उदाएका छन् । उनलको पाइपलाइनमा ठुला निर्देशक र बिग बजेट सिनेमाको लाइन छ । अहिलेको अवस्थमा उनलाई बलिउडका अधिकांश निर्माता निर्देशक आफ्नो सिनेमामा अनुबन्धित गर्न चाहन्छन् । तर उनले अफर आएका थोरै सिनेमामा मात्रै काम गरिरहेका छन् ।

यसबीच उनले नितेश तिवारीको निर्देशनमा निर्माण हुने सिनेमा रामायणको छायांकन सुरु गर्ने तयारी गरेका छन् । सिनेमामा रनवीरले रामको भुमिका निवार्ह गर्दैछन् । यो रोलको लागि उनले ननभेज र अल्कोहल समेत छाडेका छन् । यो सिनेमाको पहिलो चरणको छायांकन करिब २ महिना मुम्बईमा हुनेछ ।

त्यसपछि दोस्रो सेड्युल सिनेमाको लण्डनमा छायांकन गरिनेछ । यो सेड्युलमा केजिएफ अभिनेता यश पनि सिनेमाको छायांकनमा जोडिनेछन् । सिनेमामा केजिएफ अभिनेता यश रावणको भुमिकामा देखिनेछन् । दोस्रो सेड्युल पनि २ महिना नै लामो हुने बलिउड मिडिया समाचार प्रकाशन गरेका छन् ।

सिनेमामा दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले माता सीताको भुमिकामा अभिनय गर्दैछिन् । उनी सिनेमाको छायांकनमा पहिलो चरणबाटै जोडिनेछिन् । यो सिनेमामा तिन भागमा निर्माण गरिनेछ । बलिउड मिडियाका अनुसार यो सिनेमाको पहिलो भाग २०२५ को दीपावलीमा रिलिज हुनेछ ।

सिनेमामा बलिउड अभिनेता सन्नी देवलले हनुमानको भुमिकामा अभिनय गर्दैछन् । उनका भाई बबी देवललाई पनि सिनेमामा विभिषणको भुमिकाको लागी अफर गरिएको बलिउड मिडियाले उल्लेख गरेका छन् । सिनेमाको पहिलो भागको बजेट करिब ५०० सय करोड बताइएको छ ।