शाहरुखसँगको भेटमा के भयो एनिमल निर्देशकको कुरा ?

शाहरुखसँगको भेटमा के भयो एनिमल निर्देशकको कुरा ?

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘एनिमल’ फेम्ड निर्देशक संदीप सेड्डी वांगा बलिउड अभिनेता शाहरुख खानसँग एक सिनेमामा का मगर्न चाहन्थे । जसको लागि उनले अभिनेता शाहरुखसँग भेटपनि गरेका थिए ।

बलिउड अभिनेतासँग बलिउडका मात्रै होइन दक्षिण भारतीय सिनेमाका पनि धेरै निर्माता निर्देशक काम गर्न चाहन्छन् । अझ गतवर्ष रिलिज भएका तीन सिनेमा ‘पठान’, ‘जवान’ र ‘डंकी’पछि त दक्षिण भारती अधिकांश निर्माता तथा निर्देशक एक पटक उनीसँग का मगर्न चहान्छन् ।

गतवर्ष रिलिज भएको ‘एनिमल’ बक्सअफिसमा ब्लकबस्टर भएपछि निर्देशक संदीप रेड्डी वांगाले शाहरुखलाई भेटेका हुन् । हालै निर्देशक संदीपलाई शाहरुखसँगको भेटको बारेमा एक इन्टरभ्युमा सोधिएको थियो । जसको जवाफमा संदीपले भने, ‘शाहरुख सरलाई भेटेपछि मैले तपाईलाई भेट्न पाए खुशी लाग्यो । पहिलो पटक प्रत्यक्ष देख्न पाए । सिनेमाको पर्दामा तपाईलाई हेर्थे । रियलमा पहिलो पटक देखें’, भनेको उल्लेख गरेका छन् ।

त्यससँगै आफुले उनीसँग काम गर्ने इच्छा समेत व्यक्त गरेको बताएका छन् । यो सँगै उनले उक्त इन्टरभ्युमा आफ्नो आगामी सिनेमाको विषयमा पनि कुराकानी गरेका छन् । उनले आफ्नो आगामी सिनेमा कमेडी हुने तर फ्यामिलि कमेडी नहुने बताएका हुन् ।