विकास राणा ‘नराम्रो नजर’को म्युजिक भिडियो सार्वजनिक

विकास राणा ‘नराम्रो नजर’को म्युजिक भिडियो सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक विकास राणाले ‘नराम्रो नजर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यो गीतको गायनमा उनलाई पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् ।

गीतको सार्वजनिक भिडियोमा गायकबाट नायक बनेका प्रकास सपुत र ‘सकम्बरी’ गीतकी फूलमाया पात्रबाट परिचित कुसुम शर्मा फिचर्ड छन् । सार्वजनिक गीतमा समाजमा चलनचल्तीको कथालाई नै प्रस्तुत गरेर सन्देशमुलक भिडियो निर्माण गरेको गायक राणाले बताए ।

गीतमा सपोटिङ्ग कलाकारको रुपमा रेशम बुढाथोकी, सुवास बोम्जन र समरा जोशीले अभिनय गरेका छन् । सार्वजनिक गीतमा हरि लम्सालको शब्द रचना, हरि हुमागाईंको छायांकन र विकास धमालको कलर तथा सम्पादन रहेको छ । यो भिडियोलाई निकश खड्काले निर्देशन गरेका हुन् ।