दौडिन सुरु गर्‍यो ‘दयारानी’, ८० प्रतिशतमाथि अकुपेन्सी, थपियो शो

दौडिन सुरु गर्‍यो ‘दयारानी’, ८० प्रतिशतमाथि अकुपेन्सी, थपियो शो

सिनेमाले विशेषगरी मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ ।

द सिनेमा टाइम्स
4.9k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आजदेखि सार्वजनिक प्रदर्शनमा आएको ‘दयारानी’ सिनेमाले दिउँसोबाट रफ्तार समातेको छ ।

सिनेमाले विशेषगरी मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ ।

सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले मोफसलका हलहरुमा बिहानैदेखि उत्साहजनक अकुपेन्सी देखिएको बताए ।

‘पोखरा, बुटवल तथा दमकमा बिहानीका शो देखिनै अकुपेन्सी धेरै राम्रो छ। धरानमा शो थपिएको छ भने इटहरीमा सिनेमाले राम्रो गरिरहेको छ भने दमौलीको अवस्था पनि राम्रो छ’, उनले भने ।

उनले राजधानीका हलहरुमा पनि मध्यान्हदेखि ५० प्रतिशतमाथि अकुपेन्सी रहेको र सन्ध्याकालिन शोहरु हाउसफूल हुनेक्रममा रहेको बताए ।

अभिनेता माओत्से गुरुङको निर्देशिय डेब्यू सिनेमामा दयाहाङ राई र दीया पुनको प्रमुख भूमिका रहेको छ ।

सिनेमाले आफूमा बाबु बन्ने क्षमता नभएको तथ्य लुकाउँदा श्रीमती र परिवारको दबाबामा दोश्रो विवाह गर्नुपर्ने बाध्यतामा पुगेको पात्रको कथा पेस गर्छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।