किन बन्द भयो विक्की कौशलको ‘दि इम्मोर्टल अश्वत्थामा’ ?

किन बन्द भयो विक्की कौशलको ‘दि इम्मोर्टल अश्वत्थामा’ ?

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपहिट सिनेमा उरी द सर्जिकल स्टाइक बक्सअफिसमा सुपरहिट भएपछि निर्देशक आदित्य धरले नयाँ सिनेमा ‘दि इम्मोर्टल अश्वत्थामा’ निर्माण तथा निर्देशनको घोषणा गरेका थिए ।

यो सिनेमा उनको र अभिनेता विक्की कौशलको करियरकै सवैभन्दा ठुलो बजेमा निर्माण हुने गरि घोषणा गरिएको थियो । तर, अहिलेको यो सिनेमाको निर्माण कार्य रोकिएको छ । अहिले उनले श्रीमती यमी गौतम धरलाई मुख्य भुमिकामा लिएर निर्माण गरेको सिनेमा ‘आर्टिकल ३७०’ निर्माण गरेका छन् ।

यो सिनेमाको बिहीबार भारतको मुम्बईमा ट्रेलर रिलिज गरिएको थियो । उक्त सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बलिउड मिडियाले ‘दि इम्मोर्टल अश्वत्थामा’को बारेमा साधेका थिए । जवाफमा उनले भनेका छन्, ‘हो अहिले त्यो सिनेमाको काम रोकिएको छ । हामीले जुन रुपमा त्यो सिनेमा निर्माण गर्ने सोचेका थियौं । त्यो हिसाबमा निर्माण गर्दा बजेट निकै मंहगो पर्ने भयो ।’

उनले अगाडी अवतार निर्देशक जेम्ब क्यामरुनको उदाहरण दिँदै भनेका छन्, ‘जति बेला क्यामरुनले अवतार निर्माण गर्ने सोचेका थिए । त्यो बेला हलिउडमा त्यो प्रविधि भित्रिएकै थिएन । जसले गर्दा उनलाई त्यो सिनेमा निर्माण गर्न २७ वर्ष लाग्यो । जब सिनेमा रिलिज भयो त्यसले उल्लेख्य मात्रमा दर्शक र पैसा कमायो ।’

निर्देशक धरले भने, ‘म पनि सिनेमाबाट पैसा कमाउन चाहान्छु । अहिले अवस्थामा हामीले जुन टेक्नोलोजी प्रयोग गरेर सिनेमा निर्माण गर्न खोजेका थियौ । त्यो भारतामा निकै मंहगो गर्ने भएकाले काम रोकेको र भारतमा सिनेमाका दर्शक बढ्ने अवस्था पनि कुरिरहेको बताएका छन् ।’