साजिद र एआरसँग मिलेर २०२५ को इदमा नयाँ सिनेमा रिलिज गर्दै सलमान

साजिद र एआरसँग मिलेर २०२५ को इदमा नयाँ सिनेमा रिलिज गर्दै सलमान

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यो वर्षको इदमा बलिउड सुपरस्टार सलमान खानको कुनैपनि सिनेमा रिलिज हुने छैन् । हरेक वर्षको इदमा उनको कुनै न कुनै सिनेमा रिजिल भएकै हुन्छन् ।

गत वर्षको इदमा रिलिज भएको सिनेमा ‘किसीका भाई किसीकी जान’ र तिहारमा रिलिज भएको ‘टाइगर ३’ बक्सअफिसमा असफल भएपछि उनको यस वर्षको इदको लागि कुनै पनि सिनेमा तयार छैन् । बक्सअफिसमा एकपछि अर्को सिनेमा असफल भएपछि उनले साइन गरेका सिनेमा समेत फ्लोरमा जान सकेका छैनन् ।

यसबीच सलमान र निर्माता साजिद नाडियाडवालाले एआर मुर्गादोससाग मिलेर एक सिनेमा निर्माण तयारी गरिरहेको बलिउड मिडिया पिंक भिल्लाले उल्लेख गरेको छ । बिग बजेटमा निर्माण हुने सिनेमा २०२५ को इदमा रिलिज गर्ने गरि निर्माण तयारी भैरहेको जानकारी बलिउड मिडियामा सार्वजनिक भएको हो ।

बलिउड मिडियाका अनुसार अहिले सिनेमाको कथामा काम भैरहेको छ । चाँडै सिनेमाको कास्ट एण्ड क्रिउ सहित सिनेमाको घोषणा गर्ने तयारी निर्माण कम्पनिको छ । यो सँगै सलमानले अन्य केही सिनेमाको पनि तयारी गरिरहेका छन् ।