‘भुल भुलैया ३’मा कार्तिक रुहु बाबा र मन्जुलिका बन्दै बिद्या बालन

‘भुल भुलैया ३’मा कार्तिक रुहु बाबा र मन्जुलिका बन्दै बिद्या बालन

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भुमिका रहने सिनेमा ‘भुल भुलैया ३’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सिनेमाको टिजर सार्वजनिक गर्दै सिनेमा यो बर्षको दीपावलीमा रिलिज हुने जानकारी दिएको हो ।

टिजर सार्वजनिक गर्दै सिनेमामा अभिनेता कार्तिक आर्यनले दोस्रो पटह रुहु बाबाको भुमिका निर्वाह गर्दैछन् । यो टिजर सार्वजनिक गर्दै निर्माण टिमले १५ वर्षपछि अभिनेत्री बिद्या बालन मन्जुलिकाको रुपमा फर्किन लागेको जानकारी दिएको छ । अभिनेत्री बालनले पनि लामो समयपछि मन्जुलिकाको रुपमा काम गर्न उत्साहित रहेको बलिउड मिडियासँग बताएकी छन् ।

सिनेमालाई अनिस बज्मीले निर्देशन गर्दैछन् । सिनेमाको कथा पनि उनी स्वयंमले लेखेका हुन् । निर्देशक बज्मीले सिनेमाको नयाँ सेड्युलको छायांकन मार्च १० तारिखबाट सुरु गर्न लागेको बलिउड मिडियासँग बताएका छन् । यो सँगै उनले अभिनेता अक्षय कुमारसँग पनि काम गर्न तयार रहेको तर उनका लागि स्कृप्ट नै नबनेको उल्लेख गरेका छन् ।

टि-सिरिजको ब्यानरमा निर्माण भएको सिनेमाको पहिलो र दोस्रो भाग बक्सअफिसमा सुपरहिट भएको थिए । सिनेमामा कार्तिक र बिद्या बालनका अलवा अरु कलाकार को-को रहने जानकारी निर्माण टिमले दिएको छैन् ।