सोमबारसम्म ‘दयारानी’को कमाइ २ करोड ५० लाख ग्रस कलेक्सन

सोमबारसम्म ‘दयारानी’को कमाइ २ करोड ५० लाख ग्रस कलेक्सन

द सिनेमा टाइम्स
371
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत माघ २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दयारानी’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । पहिलो हप्ता १ करोड ५० लाख ग्रस कलेक्सन गरेको सिनेमाको दोस्रो सप्ताहन्नमा १ करोड ग्रस कलेक्सन थप्दै २ करोड ५० लाख व्यापार गरेका हो ।

‘दिमाग खराब’ रिलिज पश्चात ‘दयारानी’ले दर्शक हलसम्म फर्काउन सफल भएको छ । वितरक पचण्डमान श्रेष्ठले समीक्षक र दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले दर्शक हलसम्म पुगेको बताए । बिशेषगरी सिनेमाको व्यापार राजधानी भन्दा मोफलसमा राम्रो छ ।

मोफसलमा पनि निर्देशक माओत्से गुरुङको गृह जिल्ला कास्कीको पोखरामा उच्च व्यापार गरेको छ । पहिलो हप्ताको व्यापारले नै पोखरामा दोस्रो हप्तामा पनि निरन्तरता पाएको हो । मोफसलमा पोखरा बाहेकका स्टेशनमा पनि सिनेमाको व्यापार राम्रो रहेको वितरक श्रेष्ठ बताउँछन् ।

मंगलबार निर्माण टिमले एक पोस्टरसहित हिजो सोमबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गरेको छ । यो सँगै सिनेमा बक्सअफिसमा हिट सावित भएको छ । ‘दयारानी’ले दोस्रो सातामा समेत राम्रो व्यापार गरिरहेको हल सञ्चालक बताउँछन् ।

सिनेमाको व्यापारबाट निर्देशक गुरुङ खुशी देखिएका छन् । उनले सिनेमाको व्यापार र प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए । उनले दर्शकलाफ यो मायाप्रेमका लागि धन्यवाद छ भन्ने प्रतिक्रिया दिएका छन् । प्रदर्शनको दोश्रो सातामा सिनेमाले उल्लेख्य मात्रमा शो संख्या पाएको थियो ।

मंगलबार अभिनेता दयाहाङ राईले पनि बक्सअफिस कलेकसन रिपोर्ट सार्वजनिक गर्दै सिनेमा सफल बनाउन सहयोग गर्ने दर्शकलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौं ।’

सिनेमाले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाएपछि आइपर्ने सामाजिका तथा पारिवारिक घटनाक्रमलाई पेस गरेको छ । सिनेमा हेर्ने दर्शकहरुले ‘दयारानी’को विषयवस्तु मनपराएका छन् । सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, श्रृषा कुँवर आदिको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।