‘भुल भुलैया ३’मा कार्तिकको जोडी तृप्ती

‘भुल भुलैया ३’मा कार्तिकको जोडी तृप्ती

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भुमिका रहने सिनेमा ‘भुल भुलैया ३’ निर्माण नहुँदै चर्चामा छ । सिनेमाको छायांकन मार्चबाट सुरु गर्ने तयारीमा छ । अहिले सिनेमाका मुख्य कलाकारको लाइनअप पुरा गर्ने लागिपरेको छ ।

सिनेमामा यसअघि नै मुख्य कलाकारको रुपमा कार्तिक आर्यन र बिद्या बालन फाइनल भैसकेको खबर बलिउड मिडियाले सार्वजनिक गरेका थिए । अब सिनेमाको मुख्य अभिनेत्री एनिमलबाट चर्चाको शिखरमा रहेकी अभिनेत्री तृप्ती ड्रिमरी अनुबन्धित भएकी छन् । उनले अभिनेत्री कियारा आडवानीलाई रिप्लेस गरेकी हुन् ।

यसअघि ‘भुल भुलैया ३’मा अभिनेत्री तब्बुलाई बिद्या बालनले रिप्लेस गरकी थिइन् भने अब कियाराको ठाउँमा तृप्तीको प्रवेश भएको हो । कियाराले ‘डन ३’ साइन गरेपछि उनको ठाउँमा तृप्तीलाई लिइएको बलिउड मिडियाले जनाएका छन् । आगामी बर्षको तिहारमा यो सिनेमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

टिसिरिजको ब्यानरमा निर्माण हुने सिनेमालाई अनिस बज्मीले निर्देशन गर्दैछन् । सिनेमाको कथा पनि उनी स्वयंमले लेखेका हुन् ।