लोक दोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक

लोक दोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक गायिका नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वरमा नयाँ लोक दोहोरी गीत ‘चरी वनमा’ हालै सार्वजनिक गरिएको छ ।

राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुतिमा तयार भएको गीतमा गायक नकुल थापाको लय तथा विष्णुको शब्द रचना रहेको छ । लोक लयमा बुनिएको १८ मिनेट लामो दोहोरी गीत राजधानीको धर्मस्थलीका विभिन्न आकर्षक स्थान र सेटमा छायांकन गरिएको छ ।

लाईभ दोहोरी शैलीमा निर्माण गरिएको रमाइलो भिडियोमा मोडलहरु चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीका साथमा बाल कलाकारहरु निश्चलजंग थापा र गृष्मा थापा मगरको नृत्य तथा अभिनय रहेको छ । भिडियोमा गायकगायिकालाई पनि लाईभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ ।

हुम गैरेको निर्देशन र सम्पादन तथा विकास भारतीको कोरीयोग्राफी रहेको भिडियोमा डेनिसको छायँंकन रहेको छ । गायक विष्णु थापाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोको दृश्य निर्माण विशाल मूभीले गरेको हो ।

सिन्धुपाल्चोकका गायक नकुल लामो समयदेखि वैदेशिक रोजगारीमा रहेर गीत संगीतमा सक्रिय छन् भने अर्का गायक विष्णु पनि लोक गीत संगीतमा लामो समयदेखि सक्रिय छन् ।