भजन शिरोमणि भक्तराज आचार्यको निधन

भजन शिरोमणि भक्तराज आचार्यको निधन

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – संगीतकार तथा वरिष्ठ गायक भक्तराज आचार्यको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा सोमबार अपरान्ह बाटोमै निधन भएको हो । गायक तथा संगीतकार आचार्य विगत केही समयदेखि बिरामी थिए ।

धनकुटामा १९९९ सालमा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् आचार्य । भजन शिरोमणिको उपाधिबाट प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको माया, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् ।

राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी गरिएका आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।