राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री प्रचण्डले दिए भजन शिरोमणि आचार्यलाई श्रद्धाञ्जली

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री प्रचण्डले दिए भजन शिरोमणि आचार्यलाई श्रद्धाञ्जली

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका छन् । नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

नक्साल पुगेर आचार्यलाई प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बरिष्ठ गायक आचार्यको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिएको आचार्यको पार्थिव शरिरअघि उनका हिट गीतहरु गाएर कलाकारले श्रद्धासुमन अर्पण गरेका छन् । आचार्यले गाएका ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’ र एक भजन गाएर उनीहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

 

वरिष्ठ गायक तथा संगीतकार आचार्यका छोराहरु तथा चर्चित गायकद्धय सत्य-स्वरुपले पनि पिताका गीत गाउँदै श्रद्धासुमन अर्पण गरेका छन् । ८२ वर्षीय आचार्य केही समयदेखि बिरामी थिए । आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मान सहित दाहसंस्कार गरिने छ ।