शुक्रबारबाट नेपाली हलमा ‘अप्रेसन भ्यालेन्टाइन’, नेपालमा समेत गरिएको थियो छायांकन

शुक्रबारबाट नेपाली हलमा ‘अप्रेसन भ्यालेन्टाइन’, नेपालमा समेत गरिएको थियो छायांकन

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने दक्षिण भारतीय सिनेमा ‘अप्रेसन भ्यालेन्टाइन’ नेपालमा समेत रिलिज हुने भएको छ । सिनेमाको नेपाल प्रदर्शन अधिकार मनोज राठी र उज्वल पौडेलको ब्यांकटेश इन्टरटेनमेन्टले खरिद गरेको हो ।

सिनेमाको केही प्रतिशत छायांकन नेपालमा समेत गरिएकाले नेपाली दर्शकका लागि सिनेमा चासोको विषय बनेकाले ‘अप्रेसन भ्यालेन्टाइन’को प्रदर्शन अधिकार खरिद गरेको वितरक राठी बताउँछन् । सिनेमामा तेलुगू अभिनेता वरुण तेज र पूर्व मिस वल्र्ड मानुषी छिल्लरको मुख्य भूमिका छ ।

यो सिनेमा भारतको पुलावामा र बालाकोट एयर-स्ट्राइकमा आधारित रहेको अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन् । एउटा आत्मघाती बम आक्रमणकारी समुहले २०१९ को फेब्रुअरी १४ मा भारतको सीआरपीएफ जवानको समूहमा आक्रमण गरेको थियो । यो आक्रमणमा ४० भारतीय सैनिकले ज्यान गुमाउनुका साथै दर्जनौं घाइते भए ।

शक्तिप्रताप सिंह हाडा निर्देशित सिनेमामा प्रशस्तै एरियल-एक्सन दृश्य समेटिएका छन् । सोनी पिक्चर्स इन्टरनेसनल र रेनसान्स पिक्चर्सले निर्माण गरेको सिनेमाको छायांकन नेपालका केही हिमाली थलोमा गरिएको थियो । यो सिनेमाका नेपाली लाइन-प्रोड्युसर फूर्वा शेर्पाका अनुसार लाङटाङ उपत्यका, सिन्धुपाल्चोकको जुगल हिमाल क्षेत्रमा छायांकन गरिएको थियो ।