दुई घटनाले बन्यो ‘अगस्त्य’, दर्शकका लागि सिनेम्याटिक हुनेछ : निर्देशक चौधरी

दुई घटनाले बन्यो ‘अगस्त्य’, दर्शकका लागि सिनेम्याटिक हुनेछ : निर्देशक चौधरी

'यो सिनेमा दर्शकका लागि सिनेम्याटिक छ । उहाँहरुले अहिलेसम्म नभनिएको समाजको कथा यो सिनेमामा पाउनुहुनेछ', उनी आत्मविश्वासी देखिए ।

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १८ गते शुक्रबारदेखि रिलिज हुने सिनेमा ‘अगस्त्य’लाई लिएर निर्देशक सौरभ चौधरी आत्मविश्वासी देखिएका छन् । सिनेमाका बारेमा भएको एक साक्षात्कारमा उनले आफ्नो सिनेमा दर्शकका लागि सिनेम्याटिक हुने बताए ।

‘यो सिनेमा दर्शकका लागि सिनेम्याटिक छ । उहाँहरुले अहिलेसम्म नभनिएको समाजको कथा यो सिनेमामा पाउनुहुनेछ’, उनी आत्मविश्वासी देखिए । सार्वजनिक टिजर र ट्रेलरले सिनेमाका लागि चौधरीले आफ्नो प्रयासमा कुनै कसर नराखेको संकेत गरेको छ । उनले सिनेमामा दर्शकहरुले टिजर र ट्रेलरभन्दा बढि चिजहरु प्राप्त गर्ने बताउँछन् ।

टिजर र ट्रेलरमा पात्रको चरित्रिकरणमा विविधतता भेट्न सकिन्छ । ती पात्रहरु हेर्दा सजाइका नभइ वास्तविक झै लाग्ने महशुस हुन्छ । चौधरीका अनुसार सिनेमाको कथा उनले लकडाउन अगाडि रलकडाउनपछि देखेका दुई घटना आधारित रहेको छ ।

यसैगरी सिनेमामा नेपालको मधेशको परिवेश देखिपनि यसले समग्र देशको कथा देखाउने छ । ‘सिनेमाले समाजको एउटा तप्काको अहिलेसम्म नभनिएको कथा भन्छ । दर्शकहरुले यो कथासँग आफूलाई जोड्न सक्नुहुन्छ’, उनले भने ।

‘लभ डायरिज’बाट निर्देशनमा होमिएका सौरभको यो दोश्रो सिनेमा हो । नेपाल तथा भारतमा छायांकन गरिएको सिनेमालाई चौधरी आफैले लेखेका हुन् । यसमा उनले एकप्रकारले भन्नुपर्दा ड्रिम स्टारकास्ट नै पाएका छन् भन्दा फरक नपर्ला ।

बलियो स्टारकास्टले सिनेमा राम्रो बनेको सहज अपेक्षा राख्न सकिन्छ । हालसम्म सार्वजनिक भएका सामाग्रीहरुले सिनेमा राम्रो बनेको हुनुपर्छ भनेर आशा गर्न सकिन्छ । सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको सिनेमामा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको कार्यकारी निर्माता हुन् ।