चौथो हप्तामा ‘दयारानी’, २.९० करोड भयो कमाइ

चौथो हप्तामा ‘दयारानी’, २.९० करोड भयो कमाइ

द सिनेमा टाइम्स
581
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माओत्से गुरुङ निर्देशित ‘दयारानी’ आफ्नो प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । चौथो हप्ता प्रवेश गर्दा पनि सिनेमाले वक्सअफिसमा उत्साहजनक कमाइ जारी राखेको छ ।

वितरक प्रचण्डमान श्रेष्ठले सिनेमाको चौथो हप्ता प्रवेश गर्दा सिनेमाले हालसम्म २ करोड ९० लाख ग्रस कमाइ गरेको जानकारी दिए ।

सिनेमाले रिलिजको पहिलो साता १ करोड २५ लाखग्रस कमाएको थियो भने दोश्रो सातामा सिनेमाको कमाइ २ करोड ५० लाख पुगेको थियो । रिलिजको तेश्रो सातामा सिनेमाको कुल कमाइ २ करोड ९० लाख ग्रस पुगेको छ ।

सिनेमा वक्सअफिसमा हिट सावित भएको छ । यो सँगै यस वर्ष दयाहाङ राईलाई चौथो हिट सिनेमा प्राप्त भएको छ । सिनेमाले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाएपछि आइपर्ने सामाजिका तथा पारिवारिक घटनाक्रमलाई पेस गरेको छ । सिनेमा हेर्ने दर्शकहरुले ‘दयारानी’को विषयवस्तु मनपराएका छन् ।

सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, श्रृषा कुँवर आदिको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।