राम चरणको ‘आरसी १६’ मा जाहन्वी कपुर प्रवेश

राम चरणको ‘आरसी १६’ मा जाहन्वी कपुर प्रवेश

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘आरसी १६’ मा बलिउड अभिनेत्री जाह्न्वी कपुर अनुबन्धित भएकी छन् । बुधबार अभिनेत्री कपुरको जन्मदिनको अवसर पारेर सिनेमामा जाह्न्वी अनुबन्धित भएको जानकारी निर्माण कम्पनिले एक पोस्टर सार्वजनिक गर्दै दिएको हो ।

सिनेमाको मुख्य भुमिकामा यसअघि नै दक्षिण भारतीय मेगा पावर स्टार राम चरण अनुबन्धित भैसकेका छन् । सिनेमामा उनको जोडी बलिउड अभिनेत्री जाह्न्वी कपुरसाग बाँधिनेछ । राम चरणले यसअघि ‘जंजिर’मा प्रियंका चोपडा र ‘आरआरआर’मा आलिया भट्टसँग स्क्रिन सेयर गरिसकेका छन् ।

‘उपेना’ फेम्ड निर्देशक बुच्ची बाबु सनाले निर्देशन गर्ने सिनेमाको कथा ‘पुष्पा’ फेम्ड निर्देशक सुकुमारले लेखेका हुन् । यो बुच्ची बाबु सनाको दोस्रो निर्देशकिय फिचर्ड सिनेमा हो । उनले डेव्यु सिनेमाबाट नै भारतीय सिनेमाको राष्ट्रिय पुरस्कार जितेका थिए । जसले गर्दा उनले निर्देशन गर्ने दोस्रो सिनेमा ‘आरसी १६’ दर्शकको प्रतिक्षामा छ ।

मैत्री मुभि मेकर तथा वृद्धि सिनेमाको व्यानरमा निर्माण हुने सिनेमामा एआर रहमानले संगीत भर्ने छन् । सिनेमाको छायांकन आगामी अप्रिलबाट गर्ने तयारी निर्माण टिमको छ । जाह्न्वीको मुख्य भुमिका रहेको सिनेमा ‘देवरा’ आगामी दशैंमा रिलिज हुनेछ । तेलूगु डेव्यु सिनेमामा उनको जोडी जुनियर एनटिआरसँग बाँधिएको छ ।