मल्लिकाको ‘गाजले’ मा आर्यन र स्मारिका

मल्लिकाको ‘गाजले’ मा आर्यन र स्मारिका

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायिका मल्लिका कार्कीको गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ । गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ ।

डान्सिङ नम्बरको गीतमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन् । मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मनपर्ने उल्लेख गरेकी छन् ।

म्युजिक भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन, अनन्त घिमिरेको डिजाइन, सरोज पाण्डेको मेकअप, देवराज सापकोटाको प्रोडक्सन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ ।