रवीन्द्र भन्छन्- जिन्दगीभर हसाउनु भएका हरिवंशले रुवाएर नेसनल अवार्ड जित्नुभयो, ‘महाजात्रा’बाट बेष्ट खलनायकको अर्वाड जित्नुहुन्छ

रवीन्द्र भन्छन्- जिन्दगीभर हसाउनु भएका हरिवंशले रुवाएर नेसनल अवार्ड जित्नुभयो, ‘महाजात्रा’बाट बेष्ट खलनायकको अर्वाड जित्नुहुन्छ

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स,काठमाडौं – कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँले नेपाली सिनेमाको बजार निर्दयी रहेको बताएका छन् बजारअनुसार नचले सिनेमा नै बनाउन नसकिने उनको भनाइ

आफूहरू सर्जकमात्रै नभएर व्यापारी पनि भएको उनी बताउँछन् अर्को सिनेमा बनाउन अहिले बनाइरहेको सिनेमाबाट पैसा कमाउनु पर्नेभएकाले आफूहरू व्यापारी पनि भएको उनको भनाइ त्यसैले दर्शकलाई केन्द्रमा राखेर सिनेमा बनाइरहेको उनले बताएका छन्

निर्दयी बजारले बिक्ने चिज बनाउनुपर्छ भनेर दबाब दिने गरेको उनको अनुभव त्यसैले बजार कला दुवैको वरिपरि रहेर काम गरिरहेको उनले बताए लामो समय टिक्ने बिक्ने सिनेमा बनाइरहेको भन्दै  आउँदा दिनमा पनि यही फर्मुलाअनुसार सिनेमा बनाउने रवीन्द्रको भनाइ

पछिल्लो समय चौथो सिक्वेल बनाउने तयारी गर्दा तेस्रो सिनेमा बिगार्ने गरिएको उनको गुनासो तर आफूहरूले कहिले पनि आउँदो सिक्वेलको तयारी सुरुमै नगर्ने गरेको दाबी गरे अर्को सिक्वेल बनाउनुपर्छ भन्ने प्रेसरमा हामी कहिल्यै पनि परेनौँ जात्रा बनाउँदा पनि जात्रैजात्रा सोचेका थिएनौँ

जात्रैजात्रा बनाउँदा महाजात्रा सोचेका छैनौँ,” रवीन्द्र अगाडि थप्छन्, “यसको अर्थ अब हामी सिक्वेल नै बनाउँदैनौँ भन्ने कमिटमेन्ट गर्दैनौँ कुनै समय सिक्वेल नै बनाउन पनि सकिएला त्यो भोलिको कुरा भयो स्ट्याब्लिस भइसकेका कलाकारलाई लिएर सिनेमा बनाउँन पनि सकिन्छ त्यो भोलिको कुरा हो तर अहिलेजात्राटिमको योजनामा सिक्वेल नरहेको उनको भनाई 

एउटै बक्सभित्र बसेर काम गर्दा चरित्र खोजेर नयाँ संसार क्रिएट गर्न सकिँदैन एउटै बक्सभित्र बसेर यो सम्भव छैन भन्ने हामीलाई थाहा ,’ उनले भने, ‘त्यसैले अब अरु नयाँ काम गर्ने सोचमा छौँ यति  अहिले नै भन्न सक्छु, अब महाजात्रा बन्दैन ’ 

महाजात्रामा सकेसम्म सानासाना गल्ती तथा कमिकमजोरी पनि हटाउने प्रयास गरिएको उनको भनाइ उनले हरिवंश आचार्य लाई यो सिनेमाले हास्य कलाकार मात्रै भएको ट्याग हटाइदिने उनको दाबी जिन्दगीभर हसाएर उहाँले रुवाएर नेसनल अवार्ड जित्नुभयो,’ यो पटक बेष्ट खलनायकको अवार्ड पाउनुहुन्छ,’ उनले भने, ‘नेसनल अवार्डमा यो विधा छैन जस्तो लाग्यो अरु अवार्डमा उहाँले पाउनुहुन्छ हुन अवार्डका आ आफ्नै विधिविधान छन् उहाँले पाउनु होला नहोला हामीले भने दिइसक्यौँ हरिवंशलाई हास्य कलाकार मात्रै भन्दा अन्याय हुने उनको भनाइ

हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्र सिँह बानियाँ रवीन्द्र झा, दिब्य देवलगायत कलाकार मुख्य भूमिकामा रहेको सिनेमालाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् निर्देशक स्वयंको लेखन रहेको सिनेमा यही चैत गते रिलिज हुँदैछ म्याक्स दीपेशखत्री यज्ञश्वर पौडेले निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रवीन्द्र सिँह बानियाँ हुन्