द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दिव्य देबले सिनेमा ‘महाजात्रा’मा आफ्नो भूमिका अरूको भन्दा फरक रहेको दाबी गरेका छन् । सिनेमामा रहेका अधिकांश कलाकारको भन्दा आफ्नो भूमिका भिन्न रहेको उनको दाबी छ । निर्माण पक्षले आफूलाई अफर गर्दा नै अरुको भन्दा बेग्लै भूमिका रहेको उनले बताएका छन् ।
‘यो सिनेमामा अधिकांश कलाकारको भूमिका ग्रे एरियामा छ । तर तपाईंको भूमिका सफाचट ह्वाइट छ भन्नुभएको थियो । त्यस्तै पनि छ,’ उनले आफ्नो क्यारेक्टरबारे भने, ‘पेसाले मेरो क्यारेक्टर प्रहरी इनिस्पेक्टर हो । यस सिनेमाका मुख्य कलाकारले कान्ड मच्चाइरहनु भएको छ । त्यो मिसनमा छिरेर उसले पनि काण्ड नै मच्चाउन खोज्छ । रमाइलो क्यारेक्टर छ ।’
कमेडी जनरको सिनेमा भए पनि महाजात्रामा आफ्नो भूकिमका भने गम्भीर खालको नै रहेको उनको भनाइ छ । अघिल्ला दुई सिरिज सफल भइसकेको सिनेकाको सिक्वेलमा काम गर्न पाउँदा केही ढुक्क भएको अनुभव भए पनि जिम्मेवारी भने बढेको महसुस भइरहेको उनको भनाइ छ ।
‘सियोरसट ठूलो मासमा जाँदैछ त्यसैले यसमा गल्ती गर्ने छुट मलाइ छैन भन्ने बोध हुनेरहेछ,’ उनले भने, ‘यो कुरा माइन्डमा बसिरहँदोरहेछ । यसले गर्दा पनि होला म ननिदाएको थुप्रै भयो । अझै केही दिन ननिदाउने दिन छ । तर प्रोफेसन टिमसँग काम गर्दा धेरै सहज भयो । यसअघिका सिनेमामा युनिक तरिकाले काम गर्दा धेरै दुःख पाइएको थियो । यसमा आरामले काम गरियो ।’
पहिलो पटक लार्ज स्केलमा जान लागेकाले छटपटी भइरहेको र प्रिमियरपछि ढुक्क हुने अपेक्षामा उनी छन् । सिनेमामा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र कालीप्रसाद बाँस्कोटा संगीत, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का सिनेमाका मुख्य सहायक निर्देशक हुन् ।
सिनेमा चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारतबाहेकको प्रदर्शन र वितरणको अधिकार एमएसएम इन्टरटेन्मेन्ट खरिद गरेको छ ।


प्रतिक्रिया