समीरलाई सिनेमा उद्योगमा स्वागत गर्दै अनमोलले दिएको सन्देश

समीरलाई सिनेमा उद्योगमा स्वागत गर्दै अनमोलले दिएको सन्देश

दिनेश सिटौला
9.8k
Shares

सिनेमा टाइम्स,काठमाडौं अभिनेता अनमोल केसीले समीर भट्टलाई नेपाली सिनेमा उद्योगमा स्वागत गरेका छन् सिनेमा ‘बलिदान’को पोस्टर सेयर गर्दै अनमोलले समीरलाई स्वागत गरेका हुन् । ‘वेलकम टु इन्डस्ट्री समीर भट्ट लुकिङ फरवार्ड टु दिस’ अनमोलले आफ्नो फेसबुकमा लेखेका छन् एक्सन अवतारमा पोस्टरमादेखिएका समीरलाई अनमोलले लुकिङ फरवार्ड टु दिस लेखेका हुन्

अनमोलले समीरलाई बधाई मात्रै दिएनन्, सन्तोष सेनको सिनेमा ‘बलिदान’ युटिलाई शुभकामना भने मेघा प्रोजेक्टको संज्ञा पनि दिए आसुसेन टिम, सन्तोष सेन प्रेम पुरीलाई बधाई भनेका छन् त्यसो अनमोल समकालीन कलाकारको गुड विसर पनि हुन् उनी नयाँ हुन् वा समकालीन शुभकामना दिन्छन् मिडिया सिने वृत्तमाअनमोलकै प्रतिस्पर्धी भनेर हेरिरहेका कलाकारलाई पनि अनमोल बिनासंकोच शुभकामना दिइरहेका हुन्छन्

यो सभ्य समाज सभ्य व्यक्तिको परिचायक पनि हो एकले अर्कोको रिस डाह गरेर होइन मिलेर गए मात्रै वास्तवमा कुनै पनि क्षेत्रमाथि उठ्छ यसका लागि खुला ह्रदय चाहिन्छ जुन अनमोलले देखाउने गरेका छन्

शुक्रबार बिहान जब सन्तोष सेनले आफूबलिदान’का लागि नेपाली सिनेमा उद्योगलाई डोर्याउन सक्ने युगपुरुष कलाकारको खोजीमाथिएँ, त्यो व्यक्ति लामो समयको खोजी पर्खाइपछि पाएको भन्दै समीर भट्ट फिचर्डबलिदान’को पोस्टर सार्वजनिक गरे

त्यसपछि नेपाली सिने नगरीमा दिनभरबलिदान’को पोस्टरले चर्चा पायो सामाजिक सञ्जाल रंगियो धेरै सिनेमाकर्मीले पोस्टर सार्वजनिक गर्दै समीरलाई स्वागत गरे सन्तोष सेनलाई आगामी सिनेमाबलिदान’का लागि शुभकामना दिए

अभिनेता दीपकराज गिरीले फेसबुकमाबलिदान’को पोस्टर  सार्वजनिक गर्दै लेखे, ‘सन्तोष सेन एक समर्पित सिनेमा निर्माता उनले घोषणा गरेको पछिल्लो सिनेमा एक्सन जनरामा बनिरहेको जुन सिनेमा मित्र बिराज भट्टका पुत्रको डेब्यु हुँदैछ सबैको लागि फलदायी रहोस् योबलिदान’ मेरो समूहको तर्फबाट शुभकामना

निर्देशक दीपेन्द्र के खनाल पोस्टर सेयर गर्दै लेख्छन् – वाह सन्तोष सेनजी   शुभकामना सम्पूर्ण टिमलाई

अभिनेत्री ऋचा शर्मा पोस्ष्ट सेयर गर्दै लेख्छिन्, ‘बलिदान’बाट नेपाली सिनेमामा डेब्यु गर्न लाग्नु भएका समीर भट्टलाई स्वागत तथा बधाई

सन्तोषले आफूले गुड लुकिङ एक्सन हिरो जो स्वर अभिनयमा पोख्त , त्यस्तो हिरोको खोजीमा रहेको भनेजस्तै व्यक्ति फेला पारेको बताए सन्तोषले आफ्नो एक्सन सिनेमाको मुख्य भूमिकामा अनुबन्ध गराएका समीर उनै नेपाली सिनेमाका एक्सन सुपरस्टार बिराज भट्टका छोरा हुन्

जो दश वर्षदेखि मुम्बई बसेर नेपाली सिनेमाका लागि तयारी गरिरहेका थिए उनी दश वर्षदेखि मार्सल आर्ट, जिम्यास्टिक, थिएटरलगायत कक्षा लिइरहेका थिए मुम्बईमा निकै पपुलर रहेको नमित कपुरको एक्टिङ इन्स्टिच्युटमा उनले एक्टिङ सिकेका छन् डान्सको कक्षा लिएका छन् दश वर्षदेखि मुम्बईमा बसेर समीरले सिनेमाका लागि आवश्यक तयारी गरेका थिए

समीरले लामो तयारी गरेर सिनेमा उद्योगमा प्रवेश गर्ने तयारी गरिरहेका छन् भनिन्छ, एकता नै बल हो एकतामै शक्ति हुन्छ तर धेरैलेभोग्दै आएरको गर्दै आएको एउटै टिप्पणी नेपाली रजतपटमा एकता छैन रिस, द्वेष खुट्टा तान्ने प्रवृत्ति मौका पाउने बित्तिकै छिर्के हान्नेको बाहुल्यता

तर, यही बीचमा अनमोलजस्ता पात्र पनि छन्, जो आफैँमा सुपरस्टार भएर पनि अर्को नवआगन्तुक कलाकारलाई स्वागत गर्छन् शुभकामना दिन्छन् राम्रो भनेर प्रशंसा गर्छन् यस्तै वातावरणले हो आफू रहेको उद्योग फस्टाउने त्यसैले मेरो मात्रै होइन अनमोलले जस्तो हामी भन्न सकौँ राम्रोको तारिफ गर्न सिकौँ गुण दोषका आधारमा राम्रो नराम्रो भनौँ

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथामा सिनेमा ‘बलिदान’ बन्न लागेको परिवर्तन पहिचानका नाममा सोझासिधा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाएर राज्य सत्तामा पुगेर रजाइँ गर्दै राज्यकोअस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिधाउने कथाबलिदानले भन्ने

आसुसेन फिल्मस् प्राली तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट छन् सह-निर्माता प्रेम पुरीछन्