द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ले दोस्रो दिन पनि बम्पर व्यापार गरेको छ । पहिलोदिनभन्दा दोस्रो दिन धेरै कलेक्सन गरेको छ । ‘महाजात्र’ले दोस्रो दिन शनिबार एक करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ ।
शुक्रबार यो सिनेमाले एक करोड २३ लाखकलेक्सन गरेको छ । दुई दिनमा ‘महाजात्रा’ले तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमाले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा हाउसफुलका साथ चलिरहेको छ । दर्शकले आफूले चाहेको हलमा चाहेको समयमा सिनेमा हेर्न नपाउने अवस्था देखिएको छ ।
हाउसफुल भएपछि शोज थपिनेक्रम पनि सुरु भएको छ । आजका धेरै शो फिलिङ फाष्टमा गएका छन् ।
‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै सिनेमाको मुख्य कथा हो ।
सिनेमामा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, दिव्य देब, राजाराम पौडेललगायत कलाकार मुख्यभूमिकामा छन् । ‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।
रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेल छन् ।
प्रतिक्रिया