अक्षय र टाइगर स्टारर ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रिलिज

अक्षय र टाइगर स्टारर ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफले पहिलो पटक एकसाथ स्क्रिन सेयर गरेको सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रिलिज भएको छ । सिनेमाको मंगलबार सार्वजनिक ट्रेलरमा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । आतंककारीबाट देशलाई बचाउन उनीहरुले लडेको लडाईमा ट्रेलर केन्द्रित छ ।

अक्षय र टाइगर दुवै आर्मी पृष्ठभूमिका छन् र एक महत्त्वपूर्ण ‘अपरेसन’ टिमको हिस्सा बनेका छन् । उनीहरुको भरोसामा भारतको सुरक्षा एजेन्सी देशमाथि धावा बोलिरहेको एक खतरनाक भिलेनलाई रोक्न निस्किएको छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर र भिजुअल इफेक्ट्स स्तरीय छ । यसमा सोनाक्षी सिन्हा, मानुषी छिल्लर, आलिया फर्निचरवाला, रोनित रोय लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आगामी १० अप्रिल अर्थात् चैत २८ गतेबाट प्रदर्शन हुन लागेको यो सिनेमाले भारतमा आक्रामक कमाई गर्ने अनुमान गरिएको छ । सिनेमामा ‘सलार’ अभिनेता पृथ्वीराज सुकुमार भिलेनको भूमिका निवार्ह गरेका छन् । तर, ट्रेलरमा उनलाई मास्क लगाएर प्रस्तुत गरिएको छ । सिनेमालाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । यसअघि उनले ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’ जस्ता सिनेमाको निर्देशन गरेका थिए ।