रामबाबुको ब्रान्डमा ट्रेलरले उकासेको ‘डिग्री माइला’को हाइप

रामबाबुको ब्रान्डमा ट्रेलरले उकासेको ‘डिग्री माइला’को हाइप

स्तर मिल्दैन हो भाइ हो, बुझ न । तेरो आगनमा आएर मेसीले फुटबल खेल्छ ?

द सिनेमा टाइम्स
1.5k
Shares

 सिनेमा टाइम्स, काठमाडौं अभिनेता दयाहाङ राई अभिनेत्री आँचल शर्माको अनस्क्रिन जोडी रहेको सिनेमाडिग्री माइलाको ट्रेलर र टिजरले यसको हाइप थप उचालिएको ट्रेलरमा रहेका संवादले सिनेमाको हाइप उच्च बनाएको हो सामान्य लाग्ने आकर्षक संवादले सिनेमालाई प्रतिक्षित बनाएको

मलाई तलब दिने हैसियत ? को खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो कन्ट्रि हेडका अफर दश लाख रुपैयाँ तलब, गाडीड्राइभर, बस्ने क्वार्टर, संसार घुम्ने फ्रि एयर टिकट सक्छौ ?

दयाहाङ राईको यो संवादले दर्शकको ध्यान खिचेको यसअघि सार्वजनिक टिजरमा पनि करिब करिब यस्तै रहेको सीजी कम्पनीलेगरेको जागिरको अफर लत्याएको संवाद ठूलो चर्चा पाएको थियो

अर्बपति बिनोद चौधरीले टिजरको क्लिप्स नै काटेर सामाजिक सञ्जालमा सेयर गरेका थिए – मैले एक वर्षमा कमाउने तपाईंले एउटै सिनेमाबाट कमाउनु हुन्छ जस्तो !

बिनोद चौधरीले टिजर सेयर गरेपछि यो सिनेमाले थप चर्चा बटुलेको थियो उद्योगी तथा व्यवसायीमाझ यो सिनेमाको चर्चा भएकोथियो

अहिले पनि करिब करिब त्यस्तै संवादका कारण अक्सर सिनेमाप्रति खासै धेरै चासो नदिने उद्योगी व्यवसायीमा यो सिनेमाको चर्चा पाएको

स्तर मिल्दैन हो भाइ हो, बुझ तेरो आगनमा आएर मेसीले फुटबल खेल्छ ?

नडराउ मैले चाहेँ भने दुई घण्टामा गाउँमा हेलिकप्टर सेना झारेर गाउँ नै हरियो बनाइदिन्छु

सहरमा मिस नेपालहरू जस्तो हेन्डसम ट्यालेन्ट केटो नपाएर कुमारी बसेका छन्

तेरो घरमा ऐन छैन ? कुवामै गएर भए पनि एकपटक तेरो अनुहार हेर

अनुहारको हैन, ट्यालेन्टको भ्यालु अनुहारमा गोबरै पोतेर पनि केटी पट्याइदिन्छु

योङ जेनेरेसनमा बोलीचालीमै रहेका शब्दलाई टपक्क टिपेर सिनेमा राख्ने गरेकै कारण रामबाबु गुरुङका सिनेमा अर्ग्यानिक लाग्छन् दर्शकले मन पनि पराउँछन् त्यसैले उनका सिनेमा नेपाली माटोका मौलिक सिनेमा लाग्छन् त्यसैले धेरैले उनका सिनेमा मन पराउँछन्

प्राय: नेपाली सिनेमा आफ्नै परिवेशबाट टाढा रहने गरेको आरोप लागिरहेका बेला रामबाबुका सिनेमा आफ्नै माटोका कथा बोकेर स्थानीय परिबेश लवजमा दुरुस्तै बनेर आउँछन् दर्शकको मनमा बास गर्छन्

यही कारण हो, उनका सिनेमाले हलमा दर्शकको सुनामी ल्याउँछन् महिनौँसम्म हाउसफुल ब्यापार गर्छन् रेकर्ड ब्रेकिङ बक्स अफिस कलेक्सन गर्दै बिदा हुन्छन् आफ्नै गाउँ ठाउँका कथा भन्न माहिर रामबाबुले कथा भन्ने आफ्नै शैली बनाएका छन्

डार्क कमेडी जनरामा बसेर दर्शकलाई रमरम हसाउँदै गाउँ ठाउँको कथा भनेर दर्शकलाई आफ्नो पोल्टामा बाँध्नसक्ने उनको यही क्षमताले जुनसुकै सिनेमा बनाउन् रामबाबुका सिनेमा वर्षकै प्रतिक्षित बन्ने गरेका छन्

दयाहाङ राईले केही वर्ष अगाडि निर्देशन गरेकोडिग्री माइला नाटकमा आधारित रहेर यो सिनेमा बनेको सिनेमाले वेरोजगारीको कथा सिनेमामा पस्किनेछ

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो दयाहाङ आँचलसँगै सिनेमामा विजयबराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेनछ सिनेमामा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ ऋचा ट्रेलरमा पनि समेटिएकी छन्

किन चाउरिस मरिच आफ्नै रागलेभन्ने चर्चित नेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइन बनाएको

सिनेमा आगामी चैत ३० गते रिलिज हुनेछ निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई दुईक्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनले खिचेका छन्