द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । उनी ज्वेलरी फेसन रनवेमा सहभागी हुन नेपाल आएकी हुन् ।
शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी ज्याकलिनले शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुने ज्वेलरी फेसन रनवेमा शो स्टपर बन्नेछिन् ।
ज्याकलिनलाई त्रिभुवन विमानस्थलमा आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया