यी महिला निर्देशक जसले नेपाली सिने उद्योगलाई चलायमान बनाइरहे

यी महिला निर्देशक जसले नेपाली सिने उद्योगलाई चलायमान बनाइरहे

अंकगणित गर्ने हो भने नेपाली सिनेमा उद्योगमा महिला निर्देशकको संख्या न्यून छ । पुरुष निर्देशकको तुलनामा महिला निर्देशक कम छन् ।

दिनेश सिटौला
168
Shares

द सिनेमा टाइम्स,काठमाडौं । अंकगणित गर्ने हो भने नेपाली सिनेमा उद्योगमा महिला निर्देशकको संख्या न्यून छ । पुरुष निर्देशकको तुलनामा महिला निर्देशक कम छन् । किन पुरुष निर्देशकको हाराहारीमा महिला निर्देशकको संख्या भएन त्यो छुट्टै बहस र छलफलको विषय हो ।

तर, कसैले नकार्न नसक्ने सत्य के हो भने महिला निर्देशकको संख्या कम छ । तर उनीहरूले गरेको निर्देशकीय काम कम छैन । अर्थात् उनीहरूले जति पनि काम गरेका छन् । राम्रो काम गरेका छन् । सबै महिला निर्देशकका सिनेमा सफल भएका छैनन्, तर जतिका सिनेमा सफल भए । तिनले नेपाली बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेका छन् ।

दीपाश्री निरौला, झरना थापा, कृषा चौलागाईं लगायत महिला निर्देशकले बनाएका सिनेमाले नेपाली सिने उद्योगलाई चलायमान बनाएका छन् ।

त्यसो त दीपाश्री निरौलाले निर्देशन गरेका चलचित्र ‘छक्का पञ्जा’का  सिरिजले नेपाली सिनेमा उद्योग २० करोडभन्दा माथिको बजार रहेको प्रमाणित गरेको थियो । हरेक वर्ष आउने र बक्सअफिसमा ठूलो उछाल ल्याउने निर्देशक दीपाश्री नै हुन् । परिवारसहित सिनेमा हेर्न दर्शकलाई हलसम्म पुर्याउने खुबी राख्ने निर्देशक हुन्, दीपाश्री । कमेडी जनरामा उनले निर्देशन गर्ने सिनेमा  प्रतिक्षित बन्ने गरेका छन् ।

अभिनयबाट निर्देशनमा आएकी झरना थापा पनि सफल निर्देशक हुन् । ‘ए मेरो हजुर-२’ बाट निर्देशनको यात्रामा यात्रारत झरनाको यो सफल सिरिज हो । सीमित मात्रै सफल नेपाली सिने उद्योगमा सफल सिरिज दिन सफल निर्देशक हुन्, झरना ।

झरना सधैँ ब्यापारिक सिनेमा मात्रै बनाउँदिनन् । रिस्क लिने निर्देशक पनि हुन् । कम्फर्ट जोनबाट बाहिर निस्कएर प्रयोग पनि गर्छिन् । यसको उदाहरणका रुपमा ‘एक भगवत एक गीता’लाई लिन सकिन्छ । कमर्सियल सिनेमा मात्रै निर्देशन गर्दै आएकी उनको पछिल्लो सिनेमा  ‘एक भगवत एक गीता’ कथा प्रधान सिनेमा बनाइन् ।

यो सिनेमामा उनले समाजमा अहिले पनि विभेदमा रहेका यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको कथा भन्दै हरेक नागरिक समान रहेको सन्देश दिने प्रयास गरेकी थिइन् । उनका सिनेमाले पनि बक्स अफिसमा राम्रो कमाइ गर्दै आएका छन् । लोभलाग्दो इनिसियल ओपनिङ गर्नु उनका सिनेमाको विशेषता हो । त्यस्तै स्टार कलाकार लिएर सिनेमा बनाउनु झरनाको अर्को विशेषता हो । झरनाको परिवार नै सिनेमा क्षेत्रमा छन् । छोरी सुहानाले पहिलो सिनेमाबाट नै आफुलाई अब्बल कलाकार भएको प्रमाणित गरिसकेकी छन् ।

निर्मात्री हुँदै निर्देशनमा आएकी कृषा चौलागाईं ठूलो क्यानभासमा सिनेमा बनाउने निर्देशक हुन् । सोसियल पोलिटिकल सिनेमा ‘ऐंचो पैंचो’मार्फत् निर्देशनमा हामफालेकी कृषाले यो सिनेमामा राजनीतिकसँगै सामाजिक विषय उठान गरेकी छन् । जबरजस्त राजनीतिक विषय सिनेमामा उठान गरेर उनले समाजको कथा भन्ने प्रयास गरिन् ।

हेवी प्रोडक्सनमा ढुक्कले काम गर्ने कृषा अहिले अर्को सिनेमा निर्देशन गरिरहेकी छन् । ‘पिताम्बर’ निर्देशन गरिरहेकी कृषा यो सिनेमा आफ्नो ‘ड्रिम’ प्रोजेक्ट भएको बताउँछिन् । यो सिनेमालाई आफ्नो निर्देशन करिअरको ट्रनिङ प्वाइन्ट बन्ने दाबी गरिरहेकी छन् ।

महिला निर्देशक भन्नबित्तिकै कम विश्वास गर्ने गरिएको उनको भनाइ छ । महिलालाई विश्वास गरिहाल्न सकिन्न भन्ने मनोविज्ञानले काम गरेको उनको आंकलन छ ।

आफ्नै बलबुताले मात्रै नेपाली महिला निर्देशक निर्देशनमा रहेको भन्दै उनी भन्छिन्, ‘एकारित परिवारिक जिम्मेवारी अर्कातिर घरबाहिरको सिनेको काम गर्न हिम्मतिलो र आटिलो महिला नभए सम्भव छैन ।

झरना, दीपाश्री र कृषासँगै सुचित्रा श्रेष्ठ, रक्षासिंह राणा, दीपा बस्नेत, सिर्जना बस्नेत, सम्झना उप्रेती रौनियार, निलु डोल्मा शेर्पा, सबु सुवेदीरअनिशा खड्का, लक्षु गौतम, समुद्र भट्ट, रेखा थापा, रेनेशा राई र संगीता श्रेष्ठ हालसम्म फिचर फिल्म बनाउने महिला निर्देशक हुन् ।