तेस्रो सातामा ‘महाजात्रा’, दुई हप्तामा कति कमायो ?

तेस्रो सातामा ‘महाजात्रा’, दुई हप्तामा कति कमायो ?

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत सिनेमाले दुई सातामा दश करोड पन्ध्र लाख ग्रस कलेक्सन गरेको हो । पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको सिनेमाले पछिल्लो साता तीन करोड ९१ लाख ग्रस कलेक्सन गरेको जानकारी निर्माण टिमले दिएको छ ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा सिनेमालाई देशभरका सिनेमा हलले उच्च शो दिएका थिए । सिनेमालाई प्राप्तले शोले ‘महाजात्रा’ले तेस्रो सातामा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । निर्माता म्याक्स दीपेश खत्रीले सिनेमाले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताए ।

भारत बाहेकको सिनेमा वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिनेमा अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न देशसहित मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।

चैत ९ गतेदेखि प्रदर्शन आएको सिनेमामा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । सिनेमाले पहिलो र दोस्रो सातामा पाएको दर्शकले तेस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको सिनेमालाई नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।